१३६ स्थान मध्ये ८० ठाउ जित्ने यसरी सुनाए देउवाले सुत्र,२ नम्बर प्रदेश कब्जा गर्ने कांग्रेसको यस्तो छ दाउ



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ को स्थानीय चुनावमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । देउवाले १३६ स्थानीयतहमध्ये ८० वटा तहमा जित हात पारेर पहिलो ठूलो दल बन्ने दाबी गरे ।

प्रदेश नम्बर २ को चुनावका लागि प्रभावकारी रणनीति तय गरेर मधेश जाने तयारीमा देउवा छन् । विगतमा त्यस क्षेत्रमा भएको कांग्रेसको साख जोगाउनुपर्ने चुनौतिमा रहेको कांग्रेसले पहिलो ठूलो दल बन्नका लागि आन्तरिक रुपमा रणनीति बनाइरहेको देउवाले बताए ।

७० सालको संविधानसभामा त्यस क्षेत्रमा सबैभन्दा धेरै स्थानमा जित हात पारेको कांग्रेसले विगतको अवस्थालाई जोगाउनका लागि पनि रणनीतिसहित चुनावमा जानुपर्ने देखिएको छ । चार वर्षको अवधिमा राजनीतिक घटनाक्रमले धेरै मोड लिइसकेकाले संविधानसभाको चुनावको जस्तै राम्रो नतिजा ल्याउने गाह्रो छ भन्ने बुझेका देउवाले विमलेन्द्र निधीलाई चुनावमा सफलता हात पार्न मुख्य जिम्मेवारी पनि दिएका छन् ।
केही ठाउँमा माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव जित्ने लक्ष्य कांग्रेसको छ ।
संविधान संशोधनका सवालमा लचक देखिएर मधेशका जनताको मन जित्ने प्रयास गरेको कांग्रेसले संशोधन प्रस्ताव पास गराउन नसके पनि संशोधनको मुद्दालाई जिवितै राखेको छ ।
संविधान संशोधनमा सहयोग नगरेको एमाले मधेशमा कमजोर छ भन्ने अनुमान भइरहेका बेला देउवा भने कांग्रेस ठूलो दल बन्ने विश्वास समेत लिएका छन् । यद्यपी यसअघिको चुनावमा राम्रो जनमत बटुलेको एमालेले मधेशमा जित हासिल नगर्ला भन्न सकिदैन । अर्कोतिर मधेशको मुद्दालाई बाकेर राजनीति गरेको राजपा पनि ठूलै चुनौति बनेर देखा परेको छ ।
यद्यपी मधेशको जनमत नेपाली कांग्रेसतिर रहेको देउवाको जिकिर छ । चुनावका लागि केहि दिनमा नै मधेश जाने देउवाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...