भाजपाका अध्यक्ष अमितलाई साक्षी राखेर गोर्खाल्याण्ड बारे के भने पवन चामलिंगले?



हाम्रो इकोनोमि

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ दिल्लीमा आयोजित नेडा (नर्थ इष्ट डेपलोपमेन्ट एलायन्स) को दोस्रो निर्वाचित सभामा भाग लिन दिल्ली पुगेका छन्। भाजपा अध्यक्ष अमित शाह समेत पूर्वोत्तर राज्यको मुख्यमन्त्रीहरूको उक्त सभामा सामेल भएका छन्।

नेडाको बैठकमा सिक्किमको लम्बित मागहरूलाई पुरा गरिनुपर्ने माग राख्दै मुख्यमन्त्री चामलिङले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा चलिरहेको आन्दोलन र यसको स्थायी समाधनको माग उठाएका छन्। दार्जीलिङको समस्याको कारण पछिल्लो ३३ वर्षदेखि सिक्किमको विकासमा बाधा पुगिरहेको उनले बताएका छन्। गोर्खाल्याण्ड आन्दोलनकै कारण सिक्किमे जनताले दुख पाएको भन्दै उनले अमित शाह संग माग पुरा गर्न पहल गरिदिन समेत अनुरोध गरे। साथै बंगालकी मुख्य मन्त्री गोर्खाल्याण्ड आन्दोलनमा बाधक भएको पनि चामलिंगको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

३१ नेपाली विश्वका शीर्ष वैज्ञानिकको सूचीमा

    सन् २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा...

डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण...

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात

    भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक...