एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान



रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् ।

विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने बाध्यता रहेको छ ।

विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई मर्मतका लागि गुहारे पनि ढिलासुस्तीका कारण एक महिनासम्म मर्मत कार्य हुन नसक्दा समस्या बढेको छ । विद्युत् प्राधिकरणले सानातिना काममा समेत ढिलासुस्ती गर्दै आएको उपभोक्ताको गुनासो छ ।

छहराको साल्लेधारा र तीनधार क्षेत्रमा गाईको दूध उत्पादनका लागि पकेट क्षेत्र रहेकोमा विद्युत् आपूर्ति एक महिनादेखि हुन नसक्दा साँझको दूध पूरै नष्ट हुने किसान नारायण पोखरेलले गुनासो गर्नुभयो ।

विद्युत् आपूर्ति हुन नसक्दा फ्रिजमा दूध राख्दा बिग्रिने र एक दिनपछि खान समेत नमिल्ने भएपछि सोही दिन खिर र कुराउनी खान थालेको स्थानीय बासिन्दा टेकराज पोखरेलले बताउनुभयो ।

फ्रिज बिना गाईको दूध राख्न सकिँदैन, दही जमाउन समस्या र घ्यूसमेत नलाग्ने भएपछि किसानको दूध नोक्सान हुँदै आएपछि चिन्तित बनेका छन् । रात बिताउन मुस्किल मात्र होइन, किसानले उत्पादन गरेको साँझको दूध नोक्सान भएकोमा ठूलो घाटाप्रति विद्युत् प्राधिकरणले बेवास्ता गरेको गुनासो स्थानीय बासिन्दाको छ ।

सामुदायिक विद्युत् वितरण केन्द्र छहराका अध्यक्ष तथा स्थानीय बासिन्दा टेकराज पोखरेलले पटकपटक विद्युत् प्राधिकरण पाल्पामा गए पनि काम हुन नसक्दा सास्ती मात्र भोग्न बाध्य भएको बताउनुभयो ।
ढिलासुस्तीका कारण स्थानीय बासिन्दाको समय र लगानी खेर गएकोमा दुखेसो पोख्नुभयो । विद्युत् बत्ती घरमा जडान भएपनि बत्तीमुनिको अँध्यारोमा बस्न स्थानीय बाध्य छन् ।

ट्रान्सफर्मर मर्मतका लागि बुटवलको औद्योगिक क्षेत्रमा मर्मत भए पनि ल्याउने अनुमति विद्युत् प्राधिकरण बुटवलले नदिएपछि झनै सास्ती भएको छ । बुटवलबाट ल्याए पछि विद्युत् ट्रान्सफर्मर जडानमा ढिलासुस्ती गर्न नहुने स्थानीय बासिन्दाको आवाज रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
८० प्रतिशत सकियो नागढुंगा-काठमाण्डौ सुरुङमार्गको काम

    निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत नाघेको छ ।आयोजनाले

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

कार्बन उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

     प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई