नेपाल आइडल मुद्दाले थलियो,भोली कस्तो आउदैछ फैसला?



हाम्रो इकोनोमि

अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो नेपाल आइडलका विषयमा आगामी निर्णय अदालतले गर्ने भएको छ ।

नेपाल आइडलको यसअघिको शुक्रबारको टप ३ छनोट प्रकृयामा निर्णायकहरुले जनताले दिएको भोटको वेवास्ता गरेर एकाधिकार प्रयोग गरेको भन्दै सोमबार अधिवक्ता यज्ञमणी न्यौपानेले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । उनले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ मा टेकेर आइडल विरुद्ध मुद्धा दायर गरेका हुन् ।

ऐेनको दफा ८७ मा अदालतले आदेश दिन सक्ने उल्लेख छ । त्यसको उपदफा (१) मा करारको कुनै पक्षले सो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउने जिल्ला अदालतमा उजुरी दिन सक्नेछ । उपदफा (२) को (१) मा उजुरी परेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो करारबाट उत्पन्न विवादको समाधान सो करार वा प्रचलित कानून बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी उपयुक्त आदेश जारी गर्न सक्नेछ ।

अदालतले यस मुद्दाको पेशी बुधबारलाई तोकेको छ । अदालतको बुधबारको फैसलापछि नेपाल आइडलको आगामी श्रृखलाको विषयमा तय हुनेछ ।

अन्तिमा ४ मा निशान भट्टराइ, प्रताप दास, सागर आलेमगर र वुद्ध लामामध्ये कोही पनि एलिमिनेट नहुने निर्णायकहरुको घोषणापछि यो विवादमा तानिएको थियो । टप ३ छानिनुपर्नेमा जजहरुको ‘नो-एलिमिनेशन’ घोषणासँगै चारै प्रतिस्पर्धी सेफ भएका थिए । यो साता निर्णायकले दर्शकलाइ अझै सोच्ने समय दिने भन्दै कोहीलाइ पनि आउट नगर्ने निर्णय गरेको निर्णायकहरुले प्रतिक्रिया दिएका थिए ।

नो-एलिमिनेशनको निर्णयको पछाडि एसएमएस भोटिङ्को कमार्इ र कमिसन खेल रहेको आशंका गरिएको छ । एकपटक एकजनालार्इ एएएमएस गर्दा करसहित सात रुपैयाँ ३५ पैसा लाग्छ । नेपाल आइडलमा एक राउण्डमा कम्तिमा ३७ लाख भोट हुन्छ । यस साता ३७ लाख २० हजार २ सय १८ भोट प्राप्त भएको घोषणा गरेको थियो । यसरी हेर्दा एक राउण्डमा एसएमएसबाट २ करोड ७३ लाख ८३ हजार रुपैयाँ बराबरको एसएमएस गरिएको छ । यो पैसाको खेलमा लागेर जजहरुले आफ्नो भिटो प्रयोग गरी भोटिङ्लार्इ पाखा लगाएको आरोप निर्णायकहरुलार्इ लागेको छ ।

सुरुमा भोटिङ्का आधारमा सुरु गरिएको प्रतिस्पर्धामा निर्णायकहरुले यसरी प्रतिस्पर्धीहरुका फ्यानले दिएको भोटलार्इ नै नमानेर भिटो प्रयोग गरी मनोमानी गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको नेपाल ताराले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...