८८ केजी सुनमा प्रहरी प्रमुख अर्याल पनि संलग्न,कहाँ-कहाँ सहयोग गरे अर्यालले



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहान दुई बजे क्षेत्रपाटीबाट बरामद गरेको सुनका चिनियाँ मालिकको परिचय खुलेको छ। सोमबार विहान याङ वेन विङ र उनका पति पान विई मिङले भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको हो।

उच्च स्रोतका अनुसार सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध छ। प्रहरीले चिनियाँ दम्पत्तीको नेपाली साझेदारबारे अनुसन्धान तीव्र बनाएको छ। यी तिनै जना प्रहरी प्रमुख प्रकाश अर्याल संग राम्रो हिमचिम भएका ब्यक्ती हुन्। ३३ किलो सुन काण्डमा अर्याल मुछिदा पनि उनै ब्यक्तीले सुन तस्करी गरेका थिए। र अहिले पनि अर्यालको सहयोगमा तस्करी भएको श्रोतले बतायो।

काठमाडौंको ठमेलमा ‘काठमाडौं वन’ होटल सञ्चालन गरेका चिनियाँ दम्पत्ती चीनबाट नेपाल सुन ल्याउने र भण्डार गर्नेसम्मको जिम्मेबारी पाएका कारोबारी हुन्। सुनको अवैध कारोबारका लागि २०७० मा चिनियाँ दम्पत्तीले आफ्नै नाममा कम्पनी रजिस्ट्रारको कार्यालयमा होटल दर्ता गराएका थिए। होटलको जिम्मेवारी नेपाली नागरिक मोहन श्रेष्ठलाई दिइएको छ। त्यहाँ पहिले अर्यालको बाक्लो आऊ जाउ हुने गरेको थियो।लेनदेनमा नमिले पछी सुन समातिएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...