घरघरैमै गएर बिरामीको उपचार



हाम्रो इकोनोमि

गोरखाको धार्चे गाउँपालिका–३ उहियाको खोर्लाका २०० घरधुरीमा रहेका मौसमी रुघाखोकी र ज्वरोका बिरामीको उपचार शुरु गरिएको छ ।

उहिया स्वास्थ्य चौकीका तीनजना स्वास्थ्यकर्मीले घरघरै पुगेर बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि उपलब्ध गराउन थालेका हुन् ।

शनिबार २५० जना बिरामीको उपचार गरिएको जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले जानकारी दिनुभयो । दानीले भन्नुभयो, “बिरामी स्वास्थ्य चौकी नआउने, बिरामी खोज्दै स्वास्थ्यकर्मी गाउँ–गाउँ, घर–घर पुग्नुपर्ने बाध्यता छ ।” धार्चे–३ का वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले टहरोमा बस्दै आएका करिब २०० गाउँले रुघाखोकी, ज्वरोबाट बिरामी रहेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा पर्याप्त औषधि छैन । वडाध्यक्ष गुरुङका अनुसार स्वास्थ्य चौकी प्रमुखले सदरमुकामबाट औषधि ल्याएको भए पनि खच्चडबाट ढुवानी गर्नुपर्दा गाउँसम्म ल्याइपु¥याउन सकिएको छैन । उहियामा सडक पहुँच छैन । सामग्री ढुवानीका लागि मान्छे वा खच्चडको भर पर्नुपर्छ । खोर्लाबाट सात घण्टाको दूरीमा स्वास्थ्य चौकी रहेको छ ।
यसअघि बारपाकमा मौसमी रुघाखोकी, ज्वरो र निमोनियाका कारण ६०० भन्दा बढी बिरामी परेका थिए । अहिले बारपाकमा सिजनल फ्लुको महामारी नियन्त्रणमा आइसकेको चिकित्सकले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...