तीन अर्ब बढीको शेयर कारोबार



हाम्रो इकोनोमि

धितोपत्र बजारमा यस साता रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ७ दशमलव ४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ दशमलव २९ अंकले घटेर अन्तिम दिन एक हजार ५८० दशमलव ०३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ४२ अंकले घटेर ३३१ दशमलव ३२ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १८ करोड ४२ लाख ७० हजार बराबरको कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख २६ हजार कित्ता शेयर कारोबार भएको थियो ।

त्यसैगरी कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको सात हजार ८७८ वटा शेयर कारोबार भएको स्टकले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...