डाक्टरकै बच्चा मार्ने अस्पताललाई किन राज्यले कस्दैन पाता ?



हाम्रो इकोनोमि

चौधरी ग्रुपले चलाएको नर्भिक इन्टरनेशनल हस्पिटलका कार्यकारी हुन् बसन्त चौधरी । उनी कवितामा जीवन देख्छु भन्दै कविता यात्रामा छन् ।
अस्पतालको जिम्मेवारी छोरी ज्वाई मेघा चौधरी समूहलाई छाडेर हिसाव मात्र गर्छन्, मुनाफामात्र जोड्छन् । पैसाकै बलमा महावाणिज्यदूतसमेत बनेका छन् ।

त्यही नर्भिक अस्पतालमा डाक्टरको लापरवाहीले गत मंगलवार दैलेखकी १६ महिने शिशु भिक्टोरिया आचार्यको ज्यान गयो । सरोकारवालाहरुले किन यस्तो लापरवाही भन्दा दुर्वचन बोलियो र अस्पतालाई प्रहरीको क्वार्टर नै बनाएर बसन्त चौधरीले गैरजिम्मेवार चरित्र देखाए ।

सामान्य ज्वरो आएको शिशुलाई अस्पतालले केयर गरेन, कुन इन्जेक्शन दियो र शिशुको ज्यान गयो, छानबिनलाई समेत अस्पतालले रोकेको छ ।
‘डाक्टरको टिमले बच्चाको फोक्सोमा आवश्यकता भन्दा मोटो पाइप घुसारिदिएछन्, धेरै रगत बगिरहेको थियो, बुबा रमेशले भने, ‘रगत नरोकिएपछि हामीले कान्ती अस्पताल लान्छौं भन्दा दिएनन्, पछि मृत घोषणा गरे ।’

मृतक बच्चाको बुवा रमेशकुमार आचार्य आफै फिजिसियन डाक्टर हुन्। उनका अनुसार बच्चा बिरामी भएर तीन दिनअघि शिशु क्लिनिक दरबारमार्गमा उपचार गरिएको थियो। त्यहाँको औषाधिले काम नगरेपछि इमर्जेन्सीमा आज बिहान भर्ना गरिएको थियो। उनी भन्छन्, ‘उपचारको क्रममा मृत्यु भयो। नाकमा ठूलो पाइप घुसाएकाले छोरीको मृत्यु भएको हो। छानबिन नगरेसम्म हामी अस्पतालमा धर्ना दिन्छौँ।’

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...