बाढीमा परी ४० को मृत्यु



हाम्रो इकोनोमि

पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् । उत्त क्षेत्रमा गत शनिबारदेखि शुरु भएको बर्षा मङ्गलबार पनि जारी रह्यो ।

गवाउगौरा गाउँ प्रमुख सालेय अव्दाउहेले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खतरामुक्त क्षेत्रमा रहेका विद्यालयमा शिविर बनाई बस्न आग्रह गर्नुभएको छ ।

सरकारले बाढी प्रभावित नागरिकलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको बाकोले बताउनुभयो । उक्त क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बास तथा तत्काल पु¥याउनुपर्ने आधारभूत सेवाको लागि काम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण...

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात

    भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक...

विपिन जोशी जीवित रहेको इजरायलको विश्वास

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको...

अमेरिकाले ७ नेपालीलाई देशनिकाला गर्‍यो

    यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना...