गोर्खाल्यान्ड आन्दोलनले आकासियो बजार,दैनिक उपभोग्य बस्तुको मूल्य बढ्यो



भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनका कारण इलामका पूर्वी सीमावर्ती बजारमा खाद्यान्नको भाउ बढेको छ ।साढे तीन महिना लामो आमहडतालका कारण भारतीय उपभोक्ताले सीमावर्ती बजारसम्म आएर खाद्यान्न सामग्री किन्न थालेका छन् ।

आमहड्ताल शुरु भएपछि चामल, नुन, दाल, चिनी, चाउचाउ, चिउरा, तेललगायत सबैजसो खाद्यान्नको मूल्य बढेको स्थानीय उपभोक्ता बताउँछन् । ढुवानीको लगानी र भारतीय व्यापारीले बढी मूल्य तिरेर सामान लैजान थालेपछि व्यापारीले मूल्य बढाउँदा स्थानीय उपभोक्ता मारमा परेका छन् ।

पशुपतिनगरका मिलन क्षेत्रीका अनुसार पश्चिम बंगालको आमहडताल शुरु हुनुअघि २५ किलो चामलको मूल्य रु दुई हजार ६०० रहेकोमा अहिले त्यो मूल्य बढेर रु तीन हजारसम्म पुगेको छ । त्यस्तैगरी, दाल, चिनी, नुनलगायतका खाद्यान्नमा समेत १० प्रतिशतसम्म मूल्य बढेको उहाँले बताउनुभयो ।

पशुपतिनगरलगायत सीमावर्ती बजारमा खुला सीमाको फाइदा उठाएर व्यापारीले खाद्यान्न ल्याउँदा मूल्य पनि कम थियो । अहिले सबैजसो सामग्री झापाको काँकडभिट्टा नाकाबाट ल्याउनुपर्दा मूल्य बढेको व्यापारी बताउँछन् ।

सबैजसो खाद्यान्न भारतबाटै आउने भएकाले मूल्य बढेको व्यापारी बताउँछन् । दार्जिलिङमा भइरहेको आमहडतालका कारण सीमावर्ती बजार पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङसहितका सीमावर्ती बजार यतिबेला ठप्प छन् ।

भारतीय ग्राहक नआउँदा पसल बन्द छन् । यात्रु आउजाउ शून्य भएकाले सवारीका साधनसमेत छिटफुट मात्रै चल्छन् । तर, भारतको बन्दले उताका पसल ठप्प हुँदा यहाँका खाद्यान्न पसलमा भने भारतीय र स्थानीय उपभोक्ताको भीड बढेको छ ।

दार्जिलिङमा भएको आन्दोलनका कारण पशुपतिनगरमा व्यापार समेत घटेको छ । पशुपतिनगर उद्योग वाणिज्य संघका अनुसार दैनिक रु ४० लाखसम्मको कारोबार हुने पशुपतिनगर बजारमा अहिलेको कारोबार शून्य जस्तै छ ।

खाद्यान्नबाहेक अन्य वस्तुको कारोबार ठप्प रहेको संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो । “भारतमा ७४ दिनदेखि बन्द छ, पशुपतिनगर, मानेभञ्ज्याङलगायतका बजार ठप्प छन्” उहाँले भन्नुभयो “भारतीय पर्यटकको भरमा सञ्चालित यी बजार सुनसान बनेका छन् ।”

बाढीपीडितलाई राहत वितरण

यसैबीच, इलामको चुलाचुली गाउँपालिका–१ का बाढीपीडितलाई नवनिर्वाचित जनप्रतिनिधिको पहलमा सोमबार राहत वितरण गरिएको छ ।

जनप्रतिनिधिको पहलमा वडामा राहत संकलन गरिएको आर्थिक र मुठ्ठीदानबाट प्राप्त अन्न क्षति भएका १० घरपरिवार र सागर आधारभूत विद्यालयलाई वितरण गरिएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिनुभयो ।

गाउँमा संकलन भएको रु २० हजार नगदसहित डेढ क्विन्टल चामल वितरण गरिएको छ । साथै वडा कार्यालयकै पहलमा योङ नेपाल नामक संस्थाले समेत रु ५० हजार बराबरको सहयोग गरेको छ । सो संस्थाले लत्ता कपडा, चामल, त्रिपाल तथा विद्यार्थीलाई कापीकलम वितरण गरेको जनाइएको छ ।

अबिरल वर्षात्का कारण चुलाचुली–१ मा दुईघर पूर्ण विस्थापित भएका छन् । त्यस्तै, खेतीयोग्य ३० बिगाहा जमिनसमेत कटान गरेको वडाध्यक्ष लावतीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्