तीन हजारले स्वास्थ्य बीमा गरे



हाम्रो इकोनोमि

बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले बताउनुभयो ।

गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया शुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम शुरु भएको थियो । हालसम्म तीनहजार २७ जनाले स्वास्थ्य बीमा गरेको साउदले जानकारी दिनुभयो । पाँच जनासम्मको परिवारले रु दुईहजार ५०० तिरेमा रु ५० हजारसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ ।

सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उहाँले बताउनुभयो । पाँच जनाभन्दा बढी संख्या भएको परिवारका लागि रु ४२५ का दरले थप शुल्क लाग्ने बताइएको छ ।

जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३२७ जनाले सेवा समेत लिइसकेका छन् । स्वास्थ्य बीमाअन्तर्गत शुरुमा ५३० प्रकारका औषधि निःशुल्क रुपमा दिने व्यवस्था गरिएको भए पनि अहिले ९२८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताउनुभयो । स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...