टाइफाइड भएपछि स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पताल भर्ना



हाम्रो इकोनोमि

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना हुुनुभएको छ ।

वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो । उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उहाँले भन्नुभयो, “आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।”

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न हुुनुहुन्छ । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा हुुनुहुन्थ्यो ।

उहाँका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...