देउवाले दिए भारतलाई यस्तो सुबिधा,जबर्जस्ती भारतले खोल्दैछ यसरी सय वटा पेट्रोल पम्प



इन्धन निर्यातमा एकाधिकार जमाएको भारतले नेपालमा अब भने आन्तरिक रुपमै हस्तक्षेप सुरु गरेको छ । यसअघि नेपाल आयल निगमलाई पेट्रोलीयम पदार्थ बेच्दै आएको भारतीय आयल निगमले अब नेपालमै पेट्रोल पम्प स्थापना गरी फुटकर विक्रि गर्ने तयारी गरेको हो ।

यसअघि नेपाल आयल निगमलाई पटकपटक यसबारे दबाब दिँदै आएको भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका क्रममा यस्तो हस्तक्षेपपूर्ण काम गर्ने घोषणासमेत गरेको छ । देउवाले सहमती दिए संगै भारतको दादागिरी थप मौलाउने भएको हो।

भारतका पेट्रोलियम राज्य मन्त्री धर्मेन्द्र प्रधानले निगमसँगको सहकार्यमा नेपालका राजमार्गमा कम्तीमा १०० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न इच्छुक रहेको बताए । उनले प्रधानमन्त्रीसँग पेट्रोल पम्प खोल्न प्रस्ताव गरेको नभई जानकारी गराएजसरी प्रस्तुत भएको अधिकारीहरुको भनाई छ ।

राज्य मन्त्री प्रधानले आफ्नो पछिल्लो एक मन्तव्यमासमते नेपाल आयल निगमसँगको सहकार्यमा नेपालमा पेट्रोल पम्प खोल्न लागिएको खुलासा गरेका छन् ।नेपालको असहमतिका बाबजुत भारतले जबरजस्ती नेपालमा पेट्रोल पम्प खोल्ने घोषणा गरेपछि नेपालका पेट्रोलीयम व्यवसायीहरु चिन्तित बन्न थालेका छन् ।यसअघि नेपालको आपूर्ति मन्त्रालय र भारतीय आयल कर्पोरेशन आइओसीबीच भएको पाँचवर्षे इन्धन नवीकरण सम्झौताका क्रममा नेपालले भारतलाई पेट्रोलियम वस्तुको आपूर्तिका लागि सहयोग माग गरेको थियो । तर भारतले भने फुटकर बिक्रिमासमेत आफूलाई नेपालमा छिराउन खोजेको छ ।

पूर्वआपूर्तिमन्त्री दीपक बोहराले आईओसीलाई एक सय नमुना पम्प बनाइदिन प्रस्ताव गरेका थिए । आईओसीको ४९ प्रतिशत र निगमको ५१ प्रतिशत लगानीमा एक सय नमुना पम्प बनाउन प्रस्ताव गरेका थिए ।

तर सरकारले भारतलाई पम्प बनाईदिन आग्रह मात्रै गरेको बताएको छ । भारतले भने ती नमूना पम्पहरुमा आफैले तेल बेच्ने तयारी गरेको हो ।
नेपालले प्रस्ताव गरेअनुसार पम्पहरु बने ती पम्पबाट नेपाल आयल निगम आफैले पेट्रेल बेच्ने नेपालको तयारी भए पनि भारतले यसमा एक कदमअघि बढेर आफैँ बेच्ने योजना बुनेको नेपाल ताराले जनाएको हो ।
भारतले आन्तिरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना भइरहेका बेला भारतको पछिल्लो प्रस्तावले नेपाली व्यवसायीलाई चिन्तित तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।