जापानमा नेपाल फेस्टिबल शुरु



हाम्रो इकोनोमि

अतिथि देवो भवः भन्ने मूल नाराका साथ १० औँ नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ ।

नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो ।

एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुईदिने फेस्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र सङ्घका उपाध्यक्ष भवन भट्टले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

फेस्टिबलमा नेपालका मौलिक भाषा, कला, सस्ंकृति, पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिकरुपमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

मेला अवलोकनका लागि आएका अधिकांश नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकभाकामा रमाएका थिए ।

फेस्टिबलमा राखिएका नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्ति आकर्षक बनेका छन् । फेस्टिबलमा कला सस्ंकृति , पर्यटकीयस्थलको जानकारी, नेपाल चिनाउने पथ प्रदर्शनमार्ग, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादनलगायतका ४६ कक्ष रहेको आयोजक समितिका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण...

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात

    भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक...

विपिन जोशी जीवित रहेको इजरायलको विश्वास

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको...

अमेरिकाले ७ नेपालीलाई देशनिकाला गर्‍यो

    यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना...