धर्मगुरुका नाममा मच्चियो हिंसा, भारतभर यसरी भयो हंगामा



उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।

हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।

यस प्रदर्शनको क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारी अनुसार जारी प्रदर्शनको क्रममा कम्ती ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएको छ ।

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुख समेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा जारी झडपमा परी देशका विभिन्न शहरमा उनीहरुको मृत्यु भएको हो ।

हरियाना राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवनहरु लगायतमा तोडफोड गरेका छन ।

उनीहरुले कतिपय ठाँउमा आगजनी समेत गरेका सरकारी अधिकारीहरुले बताएका छन ।

हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।

सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको जनाएको थियो ।

सीबीआईका न्यायाधीश जगदीप सिंहका अनसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन् । सिंहका अनुसार गुरमितलाई सातदेखि १० बर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मी सहित झण्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको दर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।
पचास बर्षीय गुरमितको विश्वभरी ६ करोड समर्थक रहका अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
९ महिनामा पौने ११ खर्ब रेमिट्यान्स भित्रियो

  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महिना (साउन–चैत) मा पौने ११

सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

रूसको ‘मस्ट वान्टेड’ सूचीमा युक्रेनी राष्ट्रपति जेलेन्स्की

    रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा

जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौंमा

    जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको