सामसुङका साहुको किर्ते धन्दा,तोकियो पाँच बर्ष जेल सजाय



दक्षिण कोरियाली मोबाइल फोन उत्पादक कम्पनी सामसुङका अर्बपति मालिकका उत्तराधिकारी ली जेय योङलाई भ्रष्टाचारको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ । दक्षिण कोरियाको सोलस्थित एक अदालतले भ्रष्टाचार गरेको ठहर गर्दैै सामसुङका कार्यवाहक अध्यक्ष ली जाय योङलाई पाँच वर्षको जेल सजाय तोकेको हो ।

लिमाथि एक गैरसरकारी संस्थालाई राजनीतिक लाभका लागि झण्डै ३ करोड ६० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको आरोप लागेको थियो । बीबीसीले जनाएअनुसार पूर्व राष्ट्रपति पार्क ग्वेन हीलाई महाभियोग लागेकै भ्रष्टाचार मुद्दामा ली पनि मुछिएका थिए । ली गत फरबरीदेखि थुनामा राखिएका छन् ।

लिले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् । लिका वकिलले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकर सामसुङका उत्तराधिकारी लिलाई गत फेब्रुअरीमै भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो। फैसला आउनेबित्तिकै सामसुङको शेयरमा गिरावट आएको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल