मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा



हाम्रो इकोनोमि

मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गर्नुभयो ।

मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उहाँले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रू ५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

चारवटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उहाँले बताउनुभयो । उक्त अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । रु ३० लाखको लागतमा सो उपकरण खरिद गरी सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनुभयो । भिडियो इण्डोस्कोपी सेवा शुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा ठाकुरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...