‘नेपाल आइडल’का नाममा यसरी ‘लुटतन्त्र’ मच्चियो,जसले पैसा खर्च गर्न सक्यो उही विजेता हुने यस्तो छ तरिका



अहिले नेपालमा ‘नेपाली आइडल’ को निक्कै चर्चा चल्न थालेको छ । नेपालको एक टेलिभिजनबाट प्रसारित नेपाली आइडलको चर्चा चले पनि यसको भित्री कथाभित्र जाने कोसिस कमैले गरेका छन् । भित्री कथा बुझ्नुभन्दा पनि बाहिरी रूपमै चर्चा गर्न सजिलो भएकाले पनि यसको सतही चर्चामै सर्वसाधारण रमाउने गरेका हुन् । तर, नेपाली आइडलको नाममा यत्ति ठगी भएको छ कि त्यसको हिसाब किताब नै छैन । जनताले पठाउने ‘एसएमएस’ अर्थात् ‘सर्ट म्यासेज सर्भिस’ को सङ्ख्याले नेपाली आइडल छान्ने भन्दै जनताको एसएमएसको सङ्ख्या बढाउने काम भइरहेको छ । जनताले जुन प्रतियोगीलाई बढी एसएमएस गर्छन् उही नेपाली आइडल हुने भनेपछि यसभित्रै विभिन्न कुराहरू लुकेको सजिलै थाहा पाइन्छ ।

सङ्गीतबारे थाहै नहुने व्यक्तिको भोट वा एसएमएसको सङ्ख्याले नेपाली आइडल बनाउने भनिएको छ । सङ्गीतको बारेमा अनजान व्यक्तिले सफल गायक कसरी चिन्ने ? एसएमएसको माध्यामबाट नेपाली आइडल छान्नु भनेको पैसाको खेलभन्दा अरू हुनै सक्दैन किनभने एउटै नम्बरबाट अनगिन्ती एसएमएस पठाउने मिल्ने प्रणाली छ, जसले धनीले लाखौँ रुपैयाँ खर्च गरेर उसले एसएमएस गर्न सक्छन्, उ विजेता बन्छ । पैसाकै भरमा नेपाल आइडल बन्न पाउने कस्तो अचम्मको प्रतियोगिता । जसले पैसा खर्च गर्न सक्यो उही विजेता । मानौँ, नेपाल आइडलमा भाग लिनेको आफन्त कोही भएनन् वा उसले पैसा खर्च गर्न नसक्ने हो भने उ विजेता बन्दैन किनभने उसँग पैसा छैन । उक्त टेलिभिजनका अनुसार पैसा नहुनेहरु प्रतियोगिताको अन्तिममा पुग्न सक्दैनन् । उसले जनताको एसएमएस पाएनन् भने उनलाई अगाडि बढ्नै दिइँदैनन् किनभने जनताको एसएमएस उसँग छैन । जनताको एसएमएस उनले पाएनन् भन्नुको अर्थ जनताले एसएमस गरेनन् र टेलिभिजनले फाइदा पाउन सकेन ।

हो, ठगी अभियान यहाँबाट सुरु हुन्छ । जनताले प्रतियोगीलाई एसएमएस पठाएनन् भन्नुको अर्थ जनताले उक्त टेलिभिजनलाई पैसा दिएनन् भन्नु हा । दर्शकले प्रतियोगीलाई भोट गर्नु वा एसएमएस गर्दा प्रतिएसएमएस ६ रुपैयाँ २० पैसा लाग्छ । अब एउटा एसएमएस गर्दा यति पैसा के हो र भनिन्छ तर लाखौँले एसएमएस गर्दा टेलिभिजनले कति रकम लिन्छ ? पैसा हुनेले लाखपटक एसएमएस गरेर चर्चामा आउन सक्छन् । हुनेका लागि ६ लाख २० हजार रुपैयाँ केही पनि होइन तर नसक्ने गरिबका लागि त्यत्ति रकम जिन्दगी भरको कमाइ हो । अब धनीले मात्र भाग लिने र धनीहरुबीच मात्र प्रतियोगिता गराउने हो भने नेपाल आइडल नाम किन राखियो ? प्रश्न उनीहरूलाई गर्नै पर्ने भएको छ ।

कार्यक्रम सञ्चालकले प्रतियोगीहरुलाई बढीभन्दा बढी मत दिन उक्साउने गर्छन् । त्यति मात्र नभएर टेलिभिजनले प्रतियोगीलाई मत माग्न पनि आग्रह गर्छन्, प्रतियोगीहरु पनि विजेता बन्ने आसामा जनतासँग भोट माग्छन्, उनले आफ्ना आफन्तहरूलाई भोट गर्न अनुरोध गर्दै आएका छन् । यसरी भोट माग्नुको बाहिरी कुरा भोट भनिए पनि भित्री रूपमा चाहिँ ‘टेलिभिजनलाई पैसा देऊ है’ भनिएको हो । एक मिनेटसम्म कुरा गर्दा २ रुपैयाँ लाग्ने तर एउटा एसएमएस गर्दा ६ रुपैयाँ २० पैसा लाग्छ । एउटा एसएमएसका लागि यत्ति धेरै पैसा तिर्नु परे पनि राज्य चुपचाप देखिन्छ । उक्त टेलिभिजनले राज्यको माथिल्लो तहमा पनि पैसा पु¥याएरै चुप लागेका हुन सक्छन् । मुलुकमा के भइरहेको छ ? कसको आचरण कस्तो छ ? कसले के गर्दै छ ? भन्ने कुराको हिसाबकिताब राख्नुपर्ने माथिल्लो निकाय राज्य हो । राज्य सञ्चालनका लागि जनताले तिरेको करबाट तलब भत्ता लिँदै आए पनि उनीहरूबाट राज्यमा अमन चयन कायम हुन सकेको छैन ।

प्राकृतिक नियम अनुसार अन्याय गर्नेभन्दा अन्यायप्रति आँखा चिम्लने व्यक्ति अन्यायकर्ताभन्दा बढी अपराधी हुन् । त्यसमाथि टेलिभिजनले एक एसएमएसमा त्यत्ति धेरै पैसा असुलिरहँदा पनि राज्य रमिते भएको छ । सोझासाझा जनताले आफन्तलाई जिताउने एसएमएस गर्ने गरेका छन् । यत्तिका महँगो शुल्क लाग्छ भन्ने कतिपयलाई थाहा छैन । सर्वसाधारणको अनजानको फाइदा लिनका लागि टेलिभिजनले भोटिङ गर्न आह्वान गर्छ तर त्यसको प्रत्यक्ष फाइदा टेलिभिजनले लिइरहेको हुन्छ । प्रति एसएमएसका लागि लाग्ने रकममा दूरसञ्चार शुल्क र कर कट्टा गरी ५ रुपैयाँ बचत हुन्छ । प्रति एसएमएस ५ रुपैयाँ बटुल्दै टेलिभिजनले करोडौँ कमाउने गरेको छ । अरूको भावनासँग व्यापार गरे पनि प्रशासन चुप बस्नुलाई कतिपयले भने मिलेमतोकै कारण नबोलिएको भन्ने पनि कम छैन ।

प्रत्यक्ष रूपले दर्शक र प्रतियोगीको ‘सेन्टिमेन्ट’ जितेर एसएमएस गर्न लगाए पनि अप्रत्यक्ष रूपमा जनताको रकम लुट्नेभन्दा अरू काम भएको छैन । जे भनिए पनि प्रतियोगीको आफन्तले गर्न सक्ने खर्चको आधारमा विजेता बनाइनु युक्तिसंगत छैन । प्रतिभाशाली भए पनि पैसा खर्च गर्न नसक्नेलाई प्रतियोगीलाई बाहिर राखेर छानिएको वा घोषणा गरिएको विजेता साँच्चै सम्बन्धित विधामा पोख्त छन् त ? केही वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारित छमछमीमा विजेता बनेकी अनुजा अग्रवाल तथा दोस्रो र तेस्रो भएका प्रतियोगीहरु अहिले देखा परेका छैनन् तर चौँथो बनेकी पार्वती राई अहिले नेपालकै चर्चित नर्तकी बनिन् । अग्रवाल मारवाडीकी छोरी भएकाले उनका अभिभावकले पैसा खर्च गर्न सक्दा उनी छमछमीको उपाधि जितिन् तर उनी नेपाली नृत्य संसारमा जम्न सकिनन् । त्यसैले जनताको मत भन्दै पैसा बटुल्ने र ठगी गर्ने कार्य भइरहेको छ । तर, यो ठगी अवैध नभएर वैध ठगी भइरहेको छ ।

अब रह्यो जनताको मतको कदर । जनताले जे जति भोट हाले पनि त्यसको यकीन तथ्याङ्क टेलिभिजनले लुकाउने गरेको छ । उसले सुरक्षित र बाहिर पठाएका घोषणा गर्दै आएको छ । जनतालाई वा दर्शकलाई कसले कति भोट प्राप्त गरे ? त्यसको जानकारी लुकाउनु भनेको सूचना लुकाउनु हो । टेलिभिजन आफैँ सञ्चार माध्याम भएको हुनाले उसले सूचना लुकाउन पाउँदैन । सूचना लुकाएर गरिएको प्रतियोगिताको निष्पक्षतामा माथि नै प्रश्न गर्ने प्रशस्त छन् । मुलुकमा लुट मच्चिए पनि राज्य भने रमिते बनिरहेको देखिन्छ । जनताले भोट गरेको सङ्ख्या जनतालाई सुनाउनुपर्छ । प्रतियोगीले चाह्यो भने कुन नम्बरबाट कति एसएमएस आयो ? त्यसको जानकारी प्रतियोगीलाई दिनुपर्छ । पुरस्कार ठुलो भएको भन्दै जनता वा दर्शक ठग्ने टेलिभिजनमाथि कारबाही गर्न राज्य किन हिच्किचाउँदै छन् ? यो चाहिँ ठुलो प्रश्न हो ।

व्यापारमा बढीमा कति प्रतिशत फाइदा खान मिल्छ भन्ने निश्चित हुन्छ तर यो प्रतियोगितामा टेलिभिजनले कति प्रतिशत नाफा लिँदै छ ? यसको जानकारी दर्शकलाई छैन भने यो दिउँसै लुट हो । यसलाई वैध लुट भनिन्छ । समाजका टाठाबाठाहरुले सर्वसाधारणलाई ठग्दै छ भने राज्यले ठगीमाथि कारबाही चलाउनै पर्छ । अनेकौँ नाममा पहुँचवालाहरुले नै सर्वसाधारणलाई ठग्ने हो भने गरिब जनतालाई देश निकाला गर्दा उत्तम हुने कतिपयको मत छ । यही एसएमएस सेवाबाट जनता ठग्न व्यक्ति गरिब थियो भने अस्ति नै उ जेलको बासमा पुग्ने थियो तर टेलिभिजन सञ्चालक हुनाले उनले जनता ठग्ने मौन स्वीकृत राज्यबाट पाइरहेका छन् । अन्ततः यो मुलुक धनी र पहुँचवालाको मात्र बनेको तामाकोशी सन्देश साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्