मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन



हाम्रो इकोनोमि

जुम्ला । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।

लिखत राजीनामाबाट रु ७१ लख ५९ हजार, अंशबण्डा र भर्पाईबाट रु छ लाख ७३ हजार, धितो÷दृष्टि बन्धकबाट रु १६ लाख ९९ हजार, बकसपत्रबाट रु छ लाख २७ हजार र छोडपत्र र दानबकसबाट रु छ लाख २९ हजार राजस्व संकलन भएको मालपोत अधिकृत रामलाल प्याकुरेलले जानकारी दिनुभयो ।

नगरपालिका र गाउँपालिकाका महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, आदिवासी÷जनजाति गरेर ५३३ जनाले राजस्व छुट प्राप्त गरेका थिए । लक्षित वर्गलाई रु १७ लाख आठ हजार राजस्व छुट गरिएको कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा मालपोत कार्यालयले रु एक करोड १२ लाख १५ हजार राजस्व संकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...