राजपाले आज बैठक बसेर पार्टीको भावी कार्यनीति तय गर्ने सह–अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिएका छन । भने, ‘हामी रणनीतिक रुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठक केन्द्रीत हुन्छ।’ बैठक पार्टी कार्यालय बबरमहलमा साढे एघार बजेपछि बस्नेछ।कर्णले भने, ‘यस्तो हुन्छ भन्ने त अनुमान थियो तर अब हामी कसरी अघि बढ्ने भन्ने कुरा हाम्रा लागि महत्वपूर्ण छ। अब हामी नयाँ रणनीति बनाउँछौं।’
बैठकले पार्टीको भावी कार्यनीति तय गर्ने राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए। उनले भने, ‘ मधेसका विषयमा हामीले हाम्रा एजेन्डाहरु कहिल्यै पनि छाड्दैनौं तर परिस्थितिको मूल्याङ्कन गर्न पनि पछि पर्दैनौं।’ मधेसमा आन्दोलनका लागि पनि सहज वातावरण नभएकाले निर्वाचनलाई सदुपयोग गर्ने ढंगमा राजपा अघि बढ्ने उनले बताए।