सुत्केरीलाई हेल्पिङ हेन्डसको सहयोग



हाम्रो इकोनोमि

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा उपचाररत विपन्न सुत्केरी महिलालाई आइतबार हेल्पिङ हेन्ड्स, पाँचथरले आर्थिक सहयोग गरेको छ ।

पाँचथर हिलिहाङ–४ ९साविक पञ्चमी–८० की तारा लुवागुनलाई जिल्ला अस्पतालमै पुगेर रु पाँच हजार नगद र बच्चालाई कपडासमेत प्रदान गरिएको क्लबका सदस्य सुझन ओझाले बताउनुभयो ।

बाइस वर्षे लुवागुनलाई सुत्केरी व्यथाले च्यापेपछि गाउँमै डोरीमा झुण्ड्याएर सुत्केरी गराउन खोजिरहेको अवस्थामा स्थानीय समाजसेवी लयप्रसाद संग्रौलाले भेटेपछि उहाँले उद्धार गरी पाँचथर अस्पतालसम्म ल्याएर भर्ना गर्नुभएको थियो ।

शल्यक्रिया गरेर उनको बच्चा जन्मिएको अस्पताल स्रोतले बताएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

लुवागुनको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर हुनाका साथै परिवारका श्रीमान् र सासूसमेत अपांग भएकी महिलालाई आर्थिक सहयोग गरिएको हेल्पिङकी अध्यक्ष सन्ध्या न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...