सुत्केरीलाई हेल्पिङ हेन्डसको सहयोग



हाम्रो इकोनोमि

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा उपचाररत विपन्न सुत्केरी महिलालाई आइतबार हेल्पिङ हेन्ड्स, पाँचथरले आर्थिक सहयोग गरेको छ ।

पाँचथर हिलिहाङ–४ ९साविक पञ्चमी–८० की तारा लुवागुनलाई जिल्ला अस्पतालमै पुगेर रु पाँच हजार नगद र बच्चालाई कपडासमेत प्रदान गरिएको क्लबका सदस्य सुझन ओझाले बताउनुभयो ।

बाइस वर्षे लुवागुनलाई सुत्केरी व्यथाले च्यापेपछि गाउँमै डोरीमा झुण्ड्याएर सुत्केरी गराउन खोजिरहेको अवस्थामा स्थानीय समाजसेवी लयप्रसाद संग्रौलाले भेटेपछि उहाँले उद्धार गरी पाँचथर अस्पतालसम्म ल्याएर भर्ना गर्नुभएको थियो ।

शल्यक्रिया गरेर उनको बच्चा जन्मिएको अस्पताल स्रोतले बताएको छ । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पताल स्रोतले बताएको छ ।

लुवागुनको आर्थिक अवस्थासमेत अत्यन्तै कमजोर हुनाका साथै परिवारका श्रीमान् र सासूसमेत अपांग भएकी महिलालाई आर्थिक सहयोग गरिएको हेल्पिङकी अध्यक्ष सन्ध्या न्यौपानेले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...