एमालेका सांसदलाई कांग्रेसका प्रमुख सचेतकले ह्वीप जारी गरे पछी यसरी भयो संसदमा हङ्गामा



कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्लाई समेत संविधान संशोधनका पक्षमा मत हाल्न कडा ह्वीप जारी गरेका छन्।
संविधान संशोधनको विपक्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूसहित विपक्षमा जनमत तयार पारीरहेका वेला प्रमुख सचेतक श्रेष्ठले ह्वीप जारी गरेका हुन्।

संसदमा विचाराधिन ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक -२०७४ लाई पारित गरियोस’ भन्ने प्रस्तावको छलफलमा भाग लिदै एमाले सांसद यज्ञराज सुनुवारले ह्वीपबारे खुलासा गरेका हुन्।

‘आज संविधान संशोधन प्रस्तावका पक्षमा उभिन नेपाली कांग्रेसका प्रमुख सचेतकले हामीलाई पनि म्यासेज पठाउनुभएको छ,’ सुनुवारले संसद्को ड्यासमा उभिएर भने, ‘केही भइहाल्छ कि, नेकपा एमाले पनि मानिहाल्छ कि भनेर पठाएको त्यो म्यासेज हामीलाई मान्य छैन।’ उनले संशोधनका पक्षमा कुनै हालतमा नउभिनेसमेत उद्घोष गरे।
किन पठाए श्रेष्ठले एमाले सांसदलाई ‘ह्वीप म्यासेज’
कांग्रेस प्रमुख सचेतक श्रेष्ठले ‘त्यो म्यासेज’ एमाले सांसदहरुलाई प्राविधिक कारण मात्र गएको बताए।
‘म्यासेज मैले नभएर संसदीय दलका कर्मचारीबाट पठाएको हो,’ श्रेष्ठले भने, ‘उहाँले सत्तारुढहरुलाई मात्र पठाउनुपर्ने ‘म्यासेज’ प्रतिपक्षी दललाई पनि पठाइदिनु भएछ क्यारे। त्यो प्राविधिक कारणबाट भएको हो।’

 

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट