भिखारी संघका अध्यक्षको घरमा भेटियो तीन लाख १५ हजार
डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ।
विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो। सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो।
अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो। सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन्। अशक्त अवस्थामा रहेको उनले एक्कासी बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ।