बाहिरियो डरलाग्दो तथ्यांक,नेताकै कारण यसरी हुँदो रहेछ भ्रष्टाचार



नेपालको सरकारी तथा गैरसरकारी कार्यालयमा अत्यधिक अनियमितता र भ्रष्टाचार बढ्नुको मुख्य जड नै नेपालका राजनीतिक दलका नेताहरु रहेको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालका अनुसार राजनीतिक दलका नेताका कारण भ्रष्टाचार बढ्दो रुपमा रहेको र विश्वको एक सय ७६ वटा देशमध्ये एक सय ३१औँ स्थानमा रहेको छ ।

टीआई नेपालका अनुसार अनुसन्धानमा नेपालले एक सयमा २१ अंक मात्रै प्राप्त गरेको छ । त्यसमा पनि राजनीतिक स्तरबाट अनियमितता तथा भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको पाइएको हो । टीआई नेपालको स्थापनाको २२औं वर्षको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष श्रीहरि अर्यालले नेपालमा शासनसत्ता परिवर्तन धेरै भए पनि संस्कार भने परिवर्तन हुन नसकेको उल्लेख गरे । उनले नेपालको भ्रष्टाचार कहाली लाग्दो भएको उल्लेख गरे । अनियमितता नहुने क्षेत्र पाउन नै गाह्रो परेको उल्लेख गरे । धेरैजसो भ्रष्टाचार राजनीतिक दलको सेटिङमा हुने गरेको उनले ठोकुवा गरे । यस्तै अवस्था रहेकामा आगामी दिनमा यसले झन् ठूलो रुप लिने र देश नकारात्मक दिशातिर अघि बढ्ने बताए । प्रजातन्त्रको माध्यमबाट सुशासनतर्फ डो¥याउन भन्दै ७६ वर्षभित्र धेरै आन्दोलनहरु भए पनि भ्रष्टाचारको मारबाट राहत पाउन नसकेको उल्लेख गरे । २००७ सालदेखि छ वटा संविधान जारी भए पनि पछिल्लो संविधान समेत धरमरमा रहनुलाई उनले राजनीतिक स्तरमा संस्कार परिवर्तन नभएको रुपमा व्याख्या गरे । नेपालको भ्रटाचार बढ्नुको कारण कानुनको पालना फितलो रहेको अध्यक्ष अर्यालको भनाइ छ । उनले भने, ‘नेपालमा भएका कानुनको पालना मात्रै गरे पनि अनियमिततामा अहिलेभन्दा ८० प्रतिशतले कमी आउँछ । बाँकी २० प्रतिशत हटाउन अझा कडा कनुनको आवश्यक पर्छ ।’

कार्यक्रममा संसदीय अर्थ समितिका सभापति प्रकाश ज्यालाले राजनीतिक दलका केही नेताहरु अनियमितताविरुद्ध देखिए पनि बहुमत अनियमितता चाहनेको नै रहेकोले समस्या भइरहेको बताए । उनले अर्थ समितिले नेपालको अवैध कारोबार रहेको हुण्डी, एनसेलको कर, आयाल निगमको जग्गा प्रकारणमा कुरा उठाउँदा धेरै तहबाट दबाब आएको जानकारी दिए । राम्रो काम गर्दा दबाब सिर्जना हुने र नराम्रो काममा उक्साउने प्रवृत्तिले नेपाल उँधोगतितर्फ उन्मुख भएको बताए । कमिसन पाउनकै लागि कार्यालयको प्रमुख भएर जाने त्यहीअनुसारको योजना बनाउने परिपाटी नेपालमा रहेको उनले उठान गरे । कार्यक्रममा माओवादी केन्द्रका नेता रामनारायण बिँडारीले यो दल त्यो दलभन्दा पनि सबै दलमा अनियमितता गर्नेको कुनै कमी नभएको बताए । हामी कोही पनि चोखो छैनौँ भन्दै उनले अब आफू राम्रो हुँ भन्नेले राम्रो संस्कारको सुरुवात आफैँबाट गर्नुपर्ने बताए ।

त्यस्तै विधायन समितिका सदस्य रमण भण्डारीले मन्त्री पदमा पनि कुन मन्त्रालयबाट अनियमितता गर्न सकिन्छ । त्यही मन्त्रालयको खोजीमा नेताहरु होमिने गरेको बताए । उनले सामान्य प्रशासन मन्त्रालय पाउने व्यक्तिले साउन भदौमा करोडाँैको भ्रष्टाचार गर्ने गरेको ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय