युरोपियन युनियन संबिधान संसोधनमा चासो राख्दै,के-के कुरा गरे ओली संग



प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र युरोपियन युनियनको ‘डेमोक्रेसी एन्ड इलेक्ट्रोरल अब्जरभेजन डिभिजन’ का प्रमुख निकोले पाउसको टोलीबीच भेटवार्ता भएको ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए।

युरोपियन युनियन (इयु) का राजदूत रिन्चे तेरिङ्क सहितको उपस्थितिमा भएको भेटमा उनीहरूले संविधान संशोधन र निर्वाचनबारे चासो राखेको श्रोतको भनाइ छ। संविधान संशोधन प्रकृया कसरी अगाडि बढिरहेको छ र नेपालको राजनीतिक दिशा कसरी अगाडि बढ्छ भन्ने लगायतका विषयमा उनीहरूले चासो व्यक्त गर्दै टोलीले प्रतिपक्षी दलको नेताको रुपमा ओलीको नेतृत्व र भूमिकाको प्रसंसा समेत गरेको बुझिएको छ।

भेटमा ओलीले नेपालको राजनीतिक अवस्था, निर्वाचनमा भएका धाँधलीका विषय, निष्पक्षतामा उठेका प्रश्न, संविधान संशोधन, राष्ट्रियता लगायतका विषयमा आफ्ना कुरा राखेका थिए। ‘सरकारले अहिले पनि संविधान संशोधनको विषय उठाइरहेको छ। तपाईँहरुले पनि चासो राख्नुभयो’, ओलीले भने, ‘तर संविधान संशोधन प्रस्तावका सन्दर्भमा सहमति हुँदैन। यो संसदमा पेश भए पनि फेल हुन्छ।’ओलीले राजनीतिक र संवैधानिक जटिलताबारे समेत युरोपियन युनियनको टोलीलाई जानकारी गराए। ओलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवा लगायत तीन दलीय छलफलमा भएका बुँदाका बारेमा जानकारी गराएका थिए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय