भारत र पाकिस्तान बीच फेरी युद्ध



हाम्रो इकोनोमि

काश्मिर । भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको समाचार छ ।

दुवै देशका सैनिकले दुवै तर्फबाट गोली हानेका तर कतैतर्फ मानवीय हताहत भने नभएको समाचारमा जनाइएको छ ।

काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ ।

सो क्षेत्रमा बुधबार बिहान सबेरै करिब ५ः३० बजेबाट यस्तो गोली हानाहान शुरु भएको थियो । दुवै देशका सेनाको तर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ ।

यसरी गोली हानाहानको स्थिति अपराह्न करिब १ बजेसम्म नै जारी रहेको थियो । एकजना भारतीय रक्षा अधिकारीले भारततर्फ यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जानकारी सिन्ह्वा समाचार समितिलाई दिएका छन् ।

गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो ।

ती भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ ।

यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्को देशलाई दोषारोपण गर्ने गरेका छन् । आजको घटनामा पनि एकले अर्कोलाई आक्रमणको दोष दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...