स्वतन्त्रता दिवशकै साइतमा देउवाले भारतलाई दिए चक्मा,के-के सम्झौता भयो चीनसंग?



भूकम्पपछिको पुनः निर्माणमा चिनको सहयोगका बारेमा सम्झौता भएको छ । त्यस्तै नेपालमा चिनिया लगानी भित्र्याउनेसहित केही परियोजना अघि बढाउने विषयमा सम्झौता भएको हो । चिनिया उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आएका बेला नेपाल र चिनबिच तीनवटा सम्झौतापत्र भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको हो ।

अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरे । नेपाल र चीनबीच तीन वटा सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । उक्त रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ । यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । त्यसका लागि समयावधि तोकिएको छैन । नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसमा कृषिको आधुनिकीकरणलगायत विषय समेटिएका छन् । पूर्वाधार निर्माणको पाटो चिनियाँ लगानी आउने भएको छ ।

सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । हस्ताक्षर समारोहअघि भएको द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ । सोही कारण अनुदान सहायता अरनिको राजमार्गको स्तरोन्नतीका लागि खर्च गर्ने सहमति जुटेको हो । त्यस क्रममा नेपालले चीनसँग पूर्वाधार निर्माणको पाटोमा सहयोगको दायरा फराकिलो बनाउन आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । यसअघि चीन सरकारले बाढीपहिरो पीडितका लागि १० लाख अमेरिकी डलर नगद दिने घोषणा गरेको थियो ।

नेपाल भ्रमणमा रहेका चिनिया उपप्रधानमन्त्री वाङ याङले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप नगद उपलब्ध गराउने घोषणा गरेका हुन् । नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङ र नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका बीच सो घोषणा गरिएको हो । त्यस्तै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् । पुरातत्व विभागका अनुसार उक्त दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको हो । जसको लागत करिब १६ करोड रुपैयाँ अनुमानित छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय