मोर्चालाई केन्द्रबाट गृहमन्त्रीले वार्तामा बोलाए,गोर्खाल्याण्ड बारे आजै छिनोफानो हुने



हाम्रो इकोनोमि

गोरखाल्याण्डको मागमा पहाडमा जारी रहेको अनिश्चितकालिन बन्द दुई महिना पुग्नै लाग्दा गोरखा जनमुक्ति मोर्चालाई केन्द्र सरकारबाट वार्ताको निमन्त्रणा प्राप्त भएको छ । केन्द्रीय गृहमन्त्री राजनाथ संहले मोर्चालाई आईतबार अपरान्ह ४:३० बजे नयाँ दिल्लीमा वार्ताका निम्ति बोलाईएको मोर्चाका प्रमुख विमल गुरुङद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । पहाडमा गोरखाल्याण्ड आन्दोलन जनताको आन्दोलनमा परिणत भएकोले केन्द्रको बर्ताको निमन्त्रणालाई पहाडका विभिन्न राजनीतिक र गैह्र राजनीतिक दलहरुको संयुक्त संगठन समक्ष विचारार्थ राखिएको विज्ञप्तिमा जनाईएको छ । गारेखाल्याण्ड आन्दोलनमा सहभागी पहाडका सबै दलका प्रतिनिधिहरुले दिल्लीको बैठकमा भाग लिने अनि गोरखाल्याण्डको संभाव्य रोडम्याप तयार गर्नमा सहयोग पु¥याउने आशा मोर्चा प्रमुखले गरेको छन् । वार्ताको निमन्त्रणा दिएकोमा केन्द्रका गृहमन्त्रीलाई धन्यावाद दिदै केन्द्र सरकारले गोरखाहरुसँग शिघ्र न्याय गर्ने आशा विमल गुरुङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...