मोर्चालाई केन्द्रबाट गृहमन्त्रीले वार्तामा बोलाए,गोर्खाल्याण्ड बारे आजै छिनोफानो हुने



हाम्रो इकोनोमि

गोरखाल्याण्डको मागमा पहाडमा जारी रहेको अनिश्चितकालिन बन्द दुई महिना पुग्नै लाग्दा गोरखा जनमुक्ति मोर्चालाई केन्द्र सरकारबाट वार्ताको निमन्त्रणा प्राप्त भएको छ । केन्द्रीय गृहमन्त्री राजनाथ संहले मोर्चालाई आईतबार अपरान्ह ४:३० बजे नयाँ दिल्लीमा वार्ताका निम्ति बोलाईएको मोर्चाका प्रमुख विमल गुरुङद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । पहाडमा गोरखाल्याण्ड आन्दोलन जनताको आन्दोलनमा परिणत भएकोले केन्द्रको बर्ताको निमन्त्रणालाई पहाडका विभिन्न राजनीतिक र गैह्र राजनीतिक दलहरुको संयुक्त संगठन समक्ष विचारार्थ राखिएको विज्ञप्तिमा जनाईएको छ । गारेखाल्याण्ड आन्दोलनमा सहभागी पहाडका सबै दलका प्रतिनिधिहरुले दिल्लीको बैठकमा भाग लिने अनि गोरखाल्याण्डको संभाव्य रोडम्याप तयार गर्नमा सहयोग पु¥याउने आशा मोर्चा प्रमुखले गरेको छन् । वार्ताको निमन्त्रणा दिएकोमा केन्द्रका गृहमन्त्रीलाई धन्यावाद दिदै केन्द्र सरकारले गोरखाहरुसँग शिघ्र न्याय गर्ने आशा विमल गुरुङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण...

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात

    भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक...

विपिन जोशी जीवित रहेको इजरायलको विश्वास

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको...

अमेरिकाले ७ नेपालीलाई देशनिकाला गर्‍यो

    यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना...