चोरीका गाडी कब्जा गर्ने पुलिसलाई क-कस्ले बचाए,प्रहरी प्रमुख अर्यालले चोरीको गाडी यसरी पचाए



चोरीका सवारीसाधन (कार र मोटरसाइकल) पक्राउ गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै त्यस्ता सवारीसाधनको प्रयोगकर्ता बन्ने गरेको तथ्य प्रकाशमा आएको छ । केहीअघि सुदूरपश्चिमबाट बरामद गरिएका चोरीका ३४ सवारीसाधनमाथि केन्द्रित रहेर थालिएको अनुसन्धानमा १३ सुरक्षाकर्मीले त्यस्ता सवारीसाधन प्रयोग गर्दै आएको पाइएको स्रोतको भनाइ छ । उनीहरूलाई उन्मुक्ति दिने प्रयासअनुरूप मुद्दा फितलो पार्ने र अनुसन्धान प्रक्रिया गोप्य राख्ने प्रयास भइरहेको छ । सोही घटनामा अञ्चल यातायात कार्यालय, महाकालीका ७ कर्मचारी भने निलम्बनमा परिसकेका छन् ।

चोरीका सवारीसाधन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरे पनि प्रहरीको चासो र सक्रियतामा ती सवारीसाधन बरामद भएका भने होइनन् । यातायात व्यवस्था विभागले किर्ते कागजातका आधारमा सवारीसाधन दर्ता गरिएको तथ्य फेला पारेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसबारे जाहेरी गरेको थियो । मन्त्रालयबाटै जारी निर्देशानुसार प्रहरीले ती सवारीसाधन बरामद गरेको हो । गृह मन्त्रालयबाट समेत अनुसन्धान र कारबाहीका लागि निर्देशन भइसकेको छ ।

प्रहरीले चोरीका सवारीसाधन बेचबिखन गरेको आरोपमा दुई जनालाई पक्राउ गरे पनि ती सवारीसाधन प्रयोग गर्दै आएका सुरक्षाकर्मीलाई उन्मुक्ति दिँदै आएको छ । यहाँसम्म कि, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षाकर्मीका साथबाट चोरीका सवारीसाधन बरामद भएको तथ्यसमेत लुकाएको छ ।
कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले बरामद चोरीका सवारीसाधन सुरक्षाकर्मीले प्रयोग गरेका थिए वा थिएनन् भन्ने प्रष्ट बताएनन् । हिमालय टाइम्ससँग उनले भने, ‘जो कोही पनि संलग्न भए हामी कारबाही गर्छौं ।’ उनले सुरक्षाकर्मीको संलग्नता नरहेको दाबी भने गर्न सकेनन् ।

चिनियाँ दूतावासले प्रयोग गर्दै आएको एक गाडी चोरीको आशंकामा महानगरीय प्रहरी ट्राफिक महाशाखा रामशाहपथले पक्राउ गरेको थियो । पक्राउ गर्दा ट्राफिकले कुनै कागजात भेट्टाएन । ट्राफिकले आवश्यक कागजात ल्याएपछि मात्र गाडी छोड्न सकिने बतायो । तर पनि चिनियाँ दूतावासले अहिलेसम्म कुनै कागजात ल्याउन सकेको छैन । हो त्यो बेला अर्याल त्यहाको हाकिम थिए,र अहिले सम्म त्यो गाडी उनैले प्रयोग गरिरहेको श्रोतको भनाई छ। अहिले अर्यालले पक्राउ परेको उक्त गाडी वा ८ च ५४७५ नम्बरप्लेट राखेर आफैंले प्रयोग गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको