बाढी र पहिरोमा २८ काे मृत्यु,अहिले सम्म थप कहाँ के-के भयो?



तीनदिन देखि आएको अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परी पूर्वी तथा मध्य तराईको जनजीवन प्रभावित भएको छ ।
सुनसरीमा बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । राति बाढीले बगाएका ६ व्यक्तिको शव शनिबार बिहान फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकाँस वालवालिका छन । ट्यांग्रा खोला र बुढीखोलाको किनारमा ५ जनाको शव भेटिएको छ भने तरहरामा एकजना वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी ३ गैरीगाँउका ३० वर्षीय माला साह, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राईका तीन बर्षे छोरा रुपेस राई र ८ वर्षकी छोरी रुपसनी राईको मृत्यु भएको प्रहरीले जनएको छ ।

यसैगरी घरमा बाढी पसेपछि इटहरी ४ आइतबारेका ४० बर्षीय ईश्वर सुनुवार र इटहरी २० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर सनिवार बिहान सिन्धुलीमा एकै परिवारका चार जनाको ज्यान गएको छ । सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको पहिरोमा परि ज्यान गएको हो । मृत्ये हुनेमा खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा ,१० वर्षीय छोरा अनिष र आठवर्षीय छोरा मनिष रहेको परिवार स्रोतले जनाएको छ । पहिरामा परेकाहरूलाई ढिलो उद्धार गर्दा ज्यान गएको वताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पुरिएका शव निकालेको थियो ।

उता बाँकेको राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारूको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासी घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी पहिराले घर पुरिँदा मोरङको लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ। पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङकै लोहन्द्रा खोलाले बगाउँदा शुक्रबार साँझ केराबारी गाउँपालिका–९ कुसुमे बस्ने ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । स्थानीय बेलबारी बजारबाट घरतर्फ फर्कने क्रममा साँझ खोलाले बगाएका थापाको शव खोजी गर्ने क्रममा केही पर फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीले जनाएको छ ।

यस अधि बाँकेमा ४, पाँचथरमा ४, झापामा १ र सप्तरीमा १ जना मृत्यु भैसकेको छ । अहिलेसम्म बाढी र पहिराेबाट मृतकको संख्या २८ पुगेको छ ।

अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेको छ । बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरी प्रशासनबाट थाहा भएको छ । जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन । राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ ।

सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ । टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयबासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन । बाढीको प्रवाह नरोकिएकाले पीडितलाई थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित ठाउँमा बसेका बताइएको छ ।

त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै राजविराज नगरपालिका–१० विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरीभ?वा, पकरीसहितका वस्ती बाढीको उच्च जोखिममा परेका छन ।

उता अविरल वर्षाका कारण जनकपुरउपमहानगरपालिका जलमग्न भई यहाँका हजारभन्दा बढी घर डुवानमा परेको छ ।
पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन ।

जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजातलाई भिजाएको छ । अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ । यहाँका नालाका पानीले परिसर दुर्गन्धित भएको छ । यसैगरी दुई दिनदेखि परेको अविरल वर्षाका कारण चितवन जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन । बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मध्यरातमा रिउ खोलाको बहाव ५ दशमलव १० बिन्दुमा पुगेपछि स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान भनिएको छ ।

माडी नगरपालिका वडा नं १, २, ४ र ६ का पूरै तथा वडा नं ३ र ४ का केही भाग डुबानमा परेका छन् । बाढीले कुन्तीपुरमा दुई कच्ची घर ढलाएको तथा घरका खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा क्षति पु¥याएको छ । ठूलो मात्रामा धान खेत डुबाएको स्थानीयवासीले बताएका छन्न । यसैगरी लगातारको वर्षाले जिल्लाका बाँके जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । शुक्रवार रातीदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन । यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ ।

 

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको छ । जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । राप्ती नदीको तह बढेर अहिले ८.५८ मि. पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि. सामान्य मानिन्छ ।

यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मोरङको उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ ।

यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् । बाढीले सुनसरीकोे इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयसमेत डुवानमा परेको छ । सेनाको ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

नेपाली सेनाको हेलिकप्टर बिहानैदेखि उद्धारका लागि जुटेको छ । बाढी घरभित्र पसेपछि मानिसह?को विचल्ली भएको छ । इटहरीको मुख्य चौकसहितका बजार क्षेत्रमा पनि पानी पसेको छ ।रातिदेखि नै इटहरी क्षेत्रमा विद्युत सेवा समेत अवरूद्ध छ । सडक पुरै बाढीले ढाकेर सवारी साधनसमेत चल्न नसक्ने अवस्था छ

यसैवीच सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च स्थानमा पुगेको छ । लगातारको वर्षापछि पानीको सतह बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय