चीनमा फेरि भूकम्प



बेइजिङ । दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन ।
यस अघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो ।

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी ४३१ जना घाइते भएका थिए ।

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम अझै पनि जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसैबीच सिचुवान क्षेत्र पर्टकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ६० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पेरिस ओलम्पिक २०२४ आजदेखि सुरु

    विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा

चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

    चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

  मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल