बालुवाटार बैठक सकियो,चुनाबमा जान राजपा राजी



पार्टी नेतृत्वको विरोधकाबीच दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा सहभागी हुन तयार भएको राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु चुनावमा जाने वातावरण बनाउन आग्रह गर्न बालुवाटार पुगेका छन्। पदाधिकारी र केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरुले मधेसको माग सम्वोधन नभएसम्म चुनावमा भाग लिन नहुने सुझाव दिएपनि कार्यकर्ता तहबाट चुनावलाई उपयोग गर्दै आफ्ना माग संवोधन गर्नुपर्ने दवाब आएपछि राजपा चुनावमा जान तयार भएको थियो। केहि बेर अघी सम्पन्न बैठकमा संविधान संशाेधान विधेयक निर्णयार्थ पेश गर्ने र पास फेल जे भए नि चुनावमा जाने सहमति गर्दै राजपाले स्वागतयाेग्य निर्णय गरेको छ।

चुनावमा जान राजपाले संविधान संशोधन प्रस्तावलाई तत्काल प्रक्रियामा लैजान आग्रह गर्दै आएका छन्। संशोधन प्रस्ताव प्रक्रियामा लगिसकेपछि त्यसको परिणामलाई स्वीकार गर्दै अगाडि बढ्न राजपा तयार भएको छ। ‘परिणाम जस्तो आएपनि त्यसलाई स्वीकार गरेर अगाडि बढ्न् राजपा तयार छ,’ राजपा महासचिव केशव झाले भने, ‘त्यसकालागि दुई चार दिनभित्रै संशोधन प्रस्तावलाई प्रक्रियामा लैजानुपर्छ।’

दुई नम्बर प्रदेशको चुनाव, संविधान संशोधन प्रस्तावलगायतका विषयमा छलफल गर्न राजपा शीर्ष नेता र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भइरहेको छ। स्रोतका अनुसार छलफलमा राजपा नेताहरुले एक दुई दिनभित्रै संविधान संशोधन प्रस्ताव प्रक्रियामा लैजान आग्रह गरेका छन्। उनीहरुले संशोधन प्रस्तावको परीणाम जस्तो आएपनि त्यसलाई स्वीकार गर्न तयार भएको भन्दै चाँडो प्रक्रियामा लौजान आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय