डा केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह



हाम्रो इकोनोमि

काठमाडौँ, २६ साउन । मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष कृष्ण पहाडीले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुष्कार्यमा केही व्यक्ति सक्रिय रहेको भन्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गर्नुभएको हो ।

सो अवसरमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण विषय भएको भन्दै यसलाई आफूले गम्भीररुपमा लिएको बताउनुभयो ।

यस्तै पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार समाजले पनि डा केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ ।

समाजका अध्यक्ष केदारनाथ उपाध्यायले आज एक विज्ञप्ति जारी गर्दै डा केसीको रक्षाका लागि अविलम्ब पहल गर्न सांसद् एवं प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...