डा केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह



हाम्रो इकोनोमि

काठमाडौँ, २६ साउन । मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष कृष्ण पहाडीले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुष्कार्यमा केही व्यक्ति सक्रिय रहेको भन्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गर्नुभएको हो ।

सो अवसरमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण विषय भएको भन्दै यसलाई आफूले गम्भीररुपमा लिएको बताउनुभयो ।

यस्तै पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार समाजले पनि डा केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ ।

समाजका अध्यक्ष केदारनाथ उपाध्यायले आज एक विज्ञप्ति जारी गर्दै डा केसीको रक्षाका लागि अविलम्ब पहल गर्न सांसद् एवं प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...