सडक यात्रु कम हवाई यात्रु बढे



हाम्रो इकोनोमि

बुटवल । गौतमबुद्ध विमानस्थलबाट राजधानी काठमाडाँै आवत जावत गर्ने हवाई यात्रुको चाप निक्कै बढेको छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डको यात्रा जोखिम र गन्तव्यसम्म पुग्न घण्टाँै लाग्ने भएकाले अहिले हवाई उडान राम्रो विकल्प बन्न थालेको हो । हवाई यात्रु बढ्न थालेपछि विमानसेवा कम्पनीमा यात्रुको चाप बढिरहेको छ । केही समयअघिसम्म भैरहवा–काठमाडौँ दैनिक ६वटा उडान हुने गरेकामा अहिले दैनिक १२ वटासम्म उडान हुन थालेका छन् ।

सडकमार्गको कारणले गर्दा अहिले हवाई यात्रु बढेका छन् । पहिले बुद्ध एयरको तीनवटा उडान हुने गरेकामा अहिले दैनिक ६ वटासम्म उडान भर्ने गरेको बुद्ध एयर भैरहवाका वरिष्ठ प्रबन्धक तथा स्टेसनका प्रमुख दर्शन घिमिरेले भन्नुभयो ।

नारायणगढ–मुग्लिङ सडकखण्डमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाएपछि हवाई यात्रुको सङ्ख्या अझै बढेको सिम्रिक एयर भैरहवाका प्रमुख मुकेश झाले बताउनुभयो । अहिले हवाई यात्रुको अभाव नरहेको दैनिक एक उडान भर्दै आएको सिम्रिकका भैरहवा प्रमुख झाले बताउनुभयो । हरेक वर्खायाममा हवाई यात्रु बढ्नु स्वाभाविकै हो तर अहिले नारायणगढ–मुग्लिङ सडकखण्डको कारणले गर्दा हवाई यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको बुटवल ट्राभल्सका प्रबन्ध निर्देशक अञ्जन श्रेष्ठले बताउनुभयो ।

यहाँ बुद्ध, यती, सिम्रिक र सौर्य एयरले नियमित उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सको भने उडान नियमित छ्रैन । अन्य एयरलाइन्सको भन्दा हवाई भाडा दर सस्तो रहेको नेपाल एयरलाइन्सले उडान नियमित गर्नुपर्ने माग पर्यटन व्यवसायीको छ । अहिले बुद्धले दैनिक ६, यतीले ४, सिम्रिक र सौर्यले एक–एक उडान गर्दै आएका छन् । नियमित उडान नभएको नेपाल एयरलाइन्सको उडान तालिकामा पनि दैनिक एक उडान छ । यहाँसम्मका लागि अहिले न्यूनतम भाडा दर रु तीन हजार ५०० देखि अधिकतममा रु ६ हजारसम्म छ ।

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...