चुडामणि शर्मासँग मिलेर पूर्व सांसद समेत रहेका ब्यापारी राजेन्द्र खेतानले अर्बौं ठगी गरेको यसरी भयो खुलासा



पटक–पटक विवादमा आइरहने उद्योगी राजेन्द्र खेतान फेरी आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासँग मिलेर अर्बौं ठगी गरेको खुलासा भएको छ ।
राज्यलाई अर्बौं रुपैयाँ घाटा पु¥याएर भ्रष्टाचार आरोपमा प्रहरीको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासँगको खेतानको कनेक्शनले मुलुकलाई अर्बौं घाटा लागेको प्रमाण फेला परेको छ । तिर्नुपर्ने ‘कर’ छुट गराएर उनले राज्यमाथि अर्बौं रुपैयाँ भार पारेको भेटिएको हो ।
खेतानको स्वमित्वमा रहेको मदिरा उत्पादक कम्पनि ‘गोर्खा’ ब्रुअरी, बोटलर्स नेपाल लगायत कम्पनिले राज्यलाई करिब डेढ अर्ब रुपैयाँ कर छुट लिएको भेटिएको छ ।सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय सुनाउने(निसु) मिति तोकेको छ ।
कर फर्छौट आयोगको प्रतिबेदन अनुसार खेतानको स्वामित्वमा रहेको गोर्खा ब्रुअरीले ८६ करोड १४ लाख १८ हजार ५ सय १ रुपैयाँ कर छुट पाएको छ । त्यस्तै खेतानकै स्वामित्वमा रहेको बोटलर्स नेपालले ४३ करोड ५० लाख ८१ हजार ६ सय ९१ रुपैयाँ कर छुट पाएको छ । यी दुवै कम्पनीको कुल जोड्दा एक अर्ब २९ करोड ६५ लाख एक सय ९२ रुपैयाँ कर छुट भएको देखिन्छ ।
उद्योगपति खेतानको स्वामित्वमा रहेको गोर्खा बु्रअरीले चल्तिको ब्राण्ड काल्र्सवर्ग, टुवोर्ग, सान मिगल, समर्जवे लगायत बियर बजारमा विक्री गर्दै आएको छ । खेतानकै स्वामित्वमा रहेको बोटलर्स नेपालले भने कोकाकोला लगायत पेय पदार्थ बोटलिङ गर्दै आएको छ । व्यापारिक कम्पनिहरुले कुनै एक देशको सामान आयात गरी केही कमिशन राखी उपभोक्तालाई विक्री गर्दै आउने गरेका छन् ।
बोटलर्स नेपालले पनि कोकाकोला लगायत पेय पदार्थ नेपालमा त्यस्तैगरी विक्री हुँदै आएको छ । यो कुनै उत्पादनमूलक उद्योग होइन । राज्यले उत्पादनमूलक उद्योगको तुलनामा व्यापारिक कम्पनीहरुलाई करका बारेमा कठोर दृष्टिकोणले राख्ने गरेको छ । तर, चुणमणी शर्मा कर फर्छाैट आयोगको सदस्यसचिव भएपछि राज्यको नीति विपरित रणनीतिमा चलेको देखिन्छ । आयोगका तत्कालिन सदस्य सचिव शर्माले गोर्खा ब्रुअरी, बोटलर्स नेपाल मात्रै होइन अधिकांश कम्पनिले उपभोक्ताबाट असुल गरेको मूल्य अभिवृद्धि कर (भ्याट) समेत व्यापारिक कम्पनीहरुलाई छुट दिने निर्णय गरेको थियो ।2
सरकारले कर फर्छौट आयोग बनाउनुको लक्ष नै भिन्न थियो । उद्योग टाट पल्टिएर रुग्ण बनेको, बन्द भई अब कर उठ्दैन भनेर माया मारेको र प्राकृतिक वा अन्य दुर्घटनाजन्य कारणले समस्यामा परेकालाई कर छुट दिने हेतुले आयोग गठन गरिएको थियो । तर, आयोग भने खेतान जस्ता गिरोहको चंगुलमा फस्न पुग्यो । फलस्वरुप मदिरा व्यवसायीले समेत ठूलो मात्रामा कर छूट पाए ।
खेतानद्वारा सञ्चालित गोर्खा ब्रुअरीसहित १० मदिरा कम्पनीलाई ५९ लाखदेखि ३ अर्ब २९ करोडसम्म कर छुट दिइएको छ । ती कम्पनीले ५ अर्ब २४ करोड ४६ लाख ३ हजार १ सय ८४ रुपैयाँ कर तिर्नुपर्नेमा आयोगले ५ अर्ब २० करोड २५ लाख ५२ हजार १ सय ८१ रुपैयाँ छुट दिने निर्णय गरेको देखिन्छ । यसमध्ये ७ कम्पनीहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट) समेत १ अर्ब २९ करोड रुपैयाँ छुट दिइएको छ ।
राजस्व क्षेत्रका विज्ञहरु ‘कर फर्छौट ऐन २०६३ मा आयोगले गरेको निर्णयबारे अदालतले समेत बोल्न नमिल्ने व्यवस्था छ । सोही नियमपछि ठूला व्यावसायीहरुले चलखेल गरेका थिए । कर निर्धारणमा अन्याय भएको महसुस गरे करसम्बन्धी तीन तहको न्यायिक निकायमा जानुपर्छ । सुनुवाइ गर्ने निकायमा सबैभन्दा पहिले आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष प्रशासकीय पुनरावलोकनमा जाने हो ।
पुनरावलोकनले पनि करदातालाई चित्त बुझाउन नसके पुनरावेदन अदालतका न्यायाधीश नेतृत्वको राजस्व न्यायाधीकरणमा जाने हो । न्यायाधीकरणले पनि करदाताको पक्षमा निर्णय नगरिदिए न्याय माग्न जाने अर्को निकाय सर्वोच्च अदालत हो । यो प्रक्रिया अवज्ञा गरी बसेका करिब ६५ प्रतिशत करदातालाई आयोगले भारी रकम छुट दिएको छ । दायित्वका हिसाबले हेर्दा यसरी अटेर गर्ने करदाताले तिर्नुपर्ने रकम ९ अर्ब ७३ करोड रुपैयाँ अर्थात् ३१ दसमलब ८६ प्रतिशत हुन आउँछ । स्रोतका अनुसार व्यावसायीहरुले आफूलाई कर छुट गराउन ठूलो आर्थिक चलखेल गरेका थिए । आर्थिक प्रलोभनमै परेर शर्माले यस्तो निर्णय लिएका थिए । उद्योगपति खेतानले पनि शर्मालाई ठूलै रकम कमिशन दिएको स्रोतको दाबी छ ।4
गोर्खा ब्रुअरीले भ्याटमा समेत ठगि गरेको छ । उसलाई करोडौं रुपैयाँ भ्याट छूट दिइएको छ ।
२०४५ सालमा बियर उद्योगमा हात हालेको खेतान समूहको बियर बजारमा एकछत्र रजाईं नै छ । नेपाली बजारको चल्तीका ब्रान्ड काल्सवर्ग, टुबोर्ग, सानमिगल र समर्सवे नामक वियर उत्पादन गरिरहेको गोर्खा ब्रुअरीको प्रमुख राजेन्द्र खेतान हुन् ।
कुनै समय संविधान सभाको सांसद समेत बन्न भ्याएका खेतान विमा ठगि प्रकरणमा मुछिएका थिए । त्यसपछि केही समय हराएका खेतान भित्री सेटिड. मिलाई फेरि सार्वजनिक भएका थिए । अहिले पनि उनी विरुद्ध दर्जनौँ मुद्दा अहिले पनि अदालतमा विचाराधिन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगर परिक्रमा

    नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।