श्री एयरलाइन्सले गर्यो करोडौं अपचलन,राजस्वमारा चूडामणीले कति दिए छुट



कुनै पनि व्यवसाय सञ्चालन गर्दा राज्यले तय गरेको नियम र मापदण्डहरुको अनिवार्य पालना गर्नुपर्छ । यदी नियम र मापदण्डको धज्जी उडाउँदै कसैले व्यवसाय सञ्चालन गर्छ भने उसमाथि राज्यले कडा कारबाही गर्नुपर्छ
श्री एयरलाइन्सले नागरिक उड्ययन प्राधिकरणको नियमकानुन मिच्दै हेलिकप्टर सञ्चालन गर्दै आएको खुलासा भएको छ । र, त्यसबाट प्राप्त गरेको करोडौं डलर अपचलन गरेको पाइएको छ ।
एयरलाइन्सले संयुक्त राष्ट्रसंघीय निकायलाई हेलिकप्टर भाडामा लगाउँदै आएको छ भने सोबापट प्राप्त हुने रकम नियमअनुसार नेपाल भित्र्र्याउनु पर्नेमा बाहिरबाहिरै वेपत्ता पार्ने गरिएको स्रोतको भनाई छ ।
एयरलाइन्स निकट स्रोतका अनुसार विदेशी मुद्रा नेपाल नल्याएर श्री एयरलाइन्सको सञ्चालक सुधीर मित्तलले कालो धन्दामा प्रयोग गर्ने गरेका छन् । एयरलाइन्स निकट स्रोतले भन्यो–विदेशी मुद्रा नियमित गर्ने ऐन नियमअनुसार नेपालमा ल्याउनु पर्नेमा सो नल्याई बाहिर नै राखी रकम कालोधन्दामा प्रयोग हुने गरेको भनि कम्पनीमै चर्चा हुने गर्छ ।’
श्री एयरलाइन्ससँग ६ वटा एमआई १७ का रसियन हेलिकप्टर पहिलेदेखि नै रहेको छ । ती हेलिकप्टरहरुमध्ये अधिकांश देशबाहिर युएनको काममा र बाहिरकै पार्टीको काममा व्यस्त हुने गरेको छ । यद्यपी यसरी बाहिर हेलिकप्टर भाडामा लगाउदा प्राधिकरणको नियम कानून भने कार्यान्वयन हुँदैन ।
एयरलाइन्सले चारओटा हेलिकप्टर युएन अन्तर्गतको विश्व खाद्य कार्यक्रमको काममा सन् २०१०, २०१२, २०१३ र २०१४ मा प्रयोग गरेको थियो । त्यसबापत एयरलाइन्सले प्रतिघण्टा अमेरिकी डलर ८००० मा प्रति महिना ६० घण्टा ज्ञारेन्टी आवर कायम गरी सञ्चालन गरेको थियो । उक्त ज्ञारेन्टी आवर अनुसारकै हिसाव गर्दा पनि एयरलाइन्सले एक करोड डलर (नेपाली एक अर्ब बढी नेपाली रुपैयाँ) आम्दानी गरेको देखिन्छ ।
एक करोड बढी डलर आम्दानी गरेपनि एयरलाइन्सले सो रकम स्वदेश नल्याई बाहिरनै राखेको खुल्न आएको छ । जवकी विदेशी मुद्रा नियमन गर्ने ऐनअनुसार सो रकम नेपाल नै ल्याउनुपर्ने हुन्छ । तर उसले विभिन्न बहानाबाजी बनाएर रकम विदेशमै कालोधन्दामा प्रयोग गरेको स्रोतहरुर्ल बताएको छ ।
यसो त एयरलाइन्सले विश्व खाद्यकार्यक्रमलाई सन् २०१०, ०१२, ०१३ र ०१४ बाहेक सन् २००८, २००९ र २००५ मा पनि हेलिकप्टर भाडामा लगाएको थियो । त्यसबाट पनि उसले मनग्य विदेशी मुद्रा आर्जन गरेको तर अपचलनको श्रृंखलालाई जारी राखेको बुझिएको छ ।
देशको विकास होस्, सुशासन कायम होस् भन्ने सबैको चाहना हुन्छ । तर एसरलाइन्सका सञ्चालकले भने विभिन्न हत्कण्डा अपनाउँदै उद्योगपतिको आवरणमा करोडौंको राजश्व छल्ने प्रपञ्च रचेका हुन् । र उनलाई पनि चुडामणीले छुट दिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

    विशेषगरी उद्योगी एवम् व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति भोलि शुक्रबार