शेरेका तिघ्रेले दुख दिए भन्दै किन कड्किए रामचन्द्र,मन्त्री बन्ने र बनाउने खेलले पानी बाराबार



कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वको सरकार विस्तारका क्रममा गुट–उपगुटको व्यवस्थापन गर्न नसक्दा र मन्त्रीका आकांक्षीको चित्त बुझाउन नसक्दा खटपट भएको छ ।

देउवाले पछिल्लो पल्ट विस्तार गरेको मन्त्रिपरिषद्मा पर्न मरिहत्ते गर्ने नेताहरु मन्त्री बन्न नपाएपछि चित्त दुखाउँदै पार्टी नेतृत्वलाई सत्तो सराप समेत गर्न थालेका छन् । देउवाले प्रधानमन्त्री भएको डेढ महिनापछि साउन ११ गते मन्त्रीपरिषद् विस्तार गर्दा पार्टी संस्थापन पक्ष र असन्तुष्ट पक्षमा समेत विवाद भएको हो ।

नेता रामचन्द्र पौडेलले कांग्रेसले मन्त्रिपरिषद्मा पाउने मन्त्रालयमध्ये आफ्नो गुटलाई ४० प्रतिशत पाउनै पर्ने अडान लिएका कारण र आफ्नै गुटबाट मन्त्रीका आकांक्षी धेरै भएपछि देउवाले ढिलो गरी मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

देउवाले गुट र उपगुटका मन्त्रीका आकांक्षीलाई चित्त बुझाउँदा स्थानीय तहमा सबैभन्दा बढी स्थान जिताउन सफल मोरङ, गोरखा र नवलपरासीबाट एक जनालाई पनि मन्त्री बनाएनन् । यी जिल्लाबाट कांग्रेसले नौं–नौं वटा स्थानीय तहमा जित हासिल गरेको थियो ।

पुरानो संस्थापन पक्ष (कोइराला–पौडेल) लाई छोडेर पछिल्लो डेढ वर्षदेखि सभापति देउवाको पक्षमा उभिएका र पार्टी संसदीय दलको प्रमुख सचेतक समेत भएका चिनकाजी श्रेष्ठ मन्त्रिपरिषद्मा पर्न नसक्दा सबैभनदा धेरै चित्त दुखाउनेमा परेका छन् ।

उनले अन्य दल एमाले र माओवादीका संसदीय दलका सचेतकहरु चर जनासम्म मन्त्री हुँदा पनि आफ्नो पालो नआएको भन्दै चित्त दुखाएका थिए । उनले निरंकुश पञ्चायती व्यवस्थामा समेत यस्तो मानसिक तनाव नभोगेको भन्दै सभापति तथा प्रधानमन्त्री देउवालाई पञ्चायती व्यवस्थाले सृजना गरेको यातना भन्दा बढी पीडा दिने व्यक्तिको रुपमा चित्रित गरेका छन् ।

देउवाकै गुटका युवा नेता भिष्मराज मन्त्री आङदम्वेलाई पनि देउवाले अन्तिम समयमा आएर मन्त्री नबनाएकोमा ठूलै चित्त दुखाए । उनले आदिवासी जनजाति भएर मात्र होइन, चाकडी र चप्लुसी गर्न नसक्ने आफ्नै कमजोरीलाई धिक्कादै थिए, आफ्ना नजिकका साथीहरुसँग ।

पार्टीको १३ औं महाधिवेशनमा पुरानो संस्थापन पक्षलाई छोडेर देउवालाई साथ दिन आएका पर्वतका अर्जुनप्रसाद जोशीले देउवालाई सभापतिमा जिताउन राम्रै भूमिका खेलेका थिए । उनी पार्टीको जनसम्पर्क समितिका संयोजकको हैसियतले देउाको पक्षमा माहौल बनाएका थिए, तर उनी नै केन्द्रीय सदस्यमा उम्मेवारी दिएर देउवा गुटबाट पराजित भए ।

केन्द्रीय सदस्य बनाइएका जोशीले मन्त्रीपरिषद् विस्तार हुनु अघिल्लो साँझबाट मन्त्री हुनेको लिस्टबाट आफ्नो नाम काटिएको खुबै चित्त दुखाएका छन् । उनले पार्टी महाधिवेशनमा देउवालाई लगाएको गुन सम्झना नभएर होला, आफू मन्त्री बन्न सकिन भन्दै प्रतिक्रिया दिँदै हिँडेका छन् ।

श्रेष्ठ, आङदम्बे र जोशीलाई मन्त्री बनाउने भनेर अन्तिममा धोका दिए पछि कोही पनि सपथ समारोहमा गएनन् । श्रेष्ठ दौरासुरुवाल लगाएर सथप भनेर जान लागेकाले घरमा थचक्क बसे भने आङदम्वे ललितपुरको गोदाबरी तिर लागेका थिए । पार्टीका पूर्व उपसभापति रामचन्दै पौडेल गुटमा भने मन्त्री बन्ने विषयमा ठूलै पहिरो गएको छ ।

पौडेल गुटमा असन्तुष्टि यति चुलिएको छ कि, उनकै गुटबाट महामन्त्री बनेका डा.शशांक कोइराला राम्रोसँग पौडेलसँग दिल खोलेर बोल्दैनन् । उनले चित्त दुखाई मन्त्री बन्न नपाएकोमा भन्दा पनि सभापतिलाई असहयोग गर्दै गुट बलियो बनाउने र आफ्नो सल्लाह नमान्ने भन्ने विषयमा बढी थियो ।

सभापति देउवाले जेठ २३ गते प्रधानमन्त्रीको सपथ खाएकै बेला महामन्त्री डा.कोइरालालाई उपप्रधानमन्त्री सहित एउटा मन्त्रालय दिन चाहन्थे । तर, पौडेलले नै रोकेको थिए । देउवा त्यतिबेला मोरङका महेश आचार्यलाई सञ्चार मन्त्री बनाएर क्याविनटमा लान चाहन्थे ।

पौडेलको अवरोधले मन्त्रिपरिषद्मा जान नपाएपछि कोइराला र आचार्य त्यसैबेलादेखि पौडेलसँग चिडिएका छन् । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्दा महामन्त्री कोइरालाले दीपक गिरीलाई पुन मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव गरेका थिए तर पौडेलले मञ्जुरी दिएनन् ।

उनले महिलाको समेत प्रतिनिधित्व हुने भन्दै झापाकी नेतृ तथा विगत चार वर्षदेखि अचेत अवस्थामा बाँचिरहेका नेता चक्र बास्तोलाकी भाञ्जी सरिता प्रसाईलाई मन्त्री बनाउने प्रस्ताव गरे । कोइरालाको यो प्रस्तावलाई समेत पौडेलले लत्याएपछि उनले सबै निर्वाचितलाई मन्त्री बनाउने भन्दै कास्कीका यज्ञ थापा र बर्दियाका सञ्जय गौतमको नाम अघि सार्नु परेको थियो ।

पार्टीको केन्द्रीय कार्य सम्पादन समिति गठन गर्दा पौडेलले आफूहरुको नाम कटाएको भन्दै पाका नेता आननदप्रसाद ढुंगाना र डा.शेखर कोइराला तीन महिनाअघि देखि नै पौडेलसँगको सम्बन्धबाट टाढिएका छन् । पछिल्लो समय मन्त्रिपरिषद् विस्तारमा पौडेलले सल्लाह गर्न समेत बोलाउन छाडेपछि ढुंगाना र डा.शेखर पौडेलसँग रुष्ट बनेका छन् । जनप्रहारको सहयोगमा

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय