आफु निकटका संग कांग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले चमत्कार गरेर भए पनि संबिधान संसोधन गराउने बताउदै आएका थिए। देउवाले त्यो चमत्कार राप्रपा फुटाएर देखाईदिए। समाचार श्रोतका अनुसार देउवाको उक्साहटमा पशुपति शम्सेरको करोडौ लगानीमा उक्त पार्टी फुटेको हो। २०५२ मा प्रधानमन्त्री हुँदा सांसद किनबेच गरी बदनाम भएका देउवाले २२ बर्षपछि राप्रपा विभाजनमा त्यही फर्मुला उपयोग गरेका छन् । २०५२ मा पनि राप्रपाकै सांसदहरु किनबेच गरी देउवाले सत्ता टिकाए थिए ।
राप्रपा पछी देउवाले सिपी मैनालीको माले भित्र खेल खेल्न थालेको श्रोतको भनाइ छ। मैनालीको पार्टीमा पांच साम्सद छन। २ जना साम्सद पार्टी तोड्न राजी छन भने ९ जना केन्द्रिय सदस्य पनि तयार छन। एकजना साम्सद र १० जना अन्य केन्द्रिय सदस्यलाई प्रभाबमा पार्न सके उक्त पार्टी पनि फोड्न सकिने सूचना देउवाकोमा पुगी सकेको छ। माले फुटाउन तीन जना परिचालन गरिएको श्रोतको भनाइ छ। एक हप्ता भित्र माले फुट्ने श्रोतले बताएको छ।