अमेरिकामा श्रीमद्भागवत महापुराण



अमेरिका । नेपाली सामुदायिक भवन निर्माणका लागि आइतबारदेखि अमेरिकाको बोष्टनमा श्रीमद्भागवत महापुराण सप्ताह यज्ञ शुरु गरिएको छ ।

नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ गर्नुभएको हो । सो सिलसिलामा आइतबार एक हजार आठ कलशयात्रा समेत गरिएको थियो ।

पशुपतिनाथ बुद्ध फाउण्डेशनको सहयोगार्थ आयोजित सप्ताहबाट उठेको रकमले बोष्टनमा एक सामुदायिक भवन बनाइने आयोजकले जनाएको छ । सप्ताहा व्रतबन्ध, गुन्यू चोलो, लाख बत्ती, चौरासी पूजा, तुला दान, दश दानलगायत विभिन्न कर्मकाण्डसमेत गरिने बताइएको छ । कार्यक्रममा लामा पाठ, बौद्ध शिक्षाको ज्ञानलगायत कार्यक्रमसमेत गरिने भएको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार  ०८ : २१  बजे

प्रतिक्रिया दिनुहोस
इजरायली सेनाको आक्रमणमा कम्तीमा ११० जना प्यालेस्टिनी मारिए

    गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन्

दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको

दोलखा समाज जापानले १ करोडको कल्याणकारी अक्षय कोष स्थापना गर्ने

    जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बनमा

    थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् । थाइल्यान्डको संवैधानिक अदालतले