स्वास्थ्य चौकीले एम्बुलेन्स सञ्चालन ग¥यो



हाम्रो इकोनोमि

बागलुङ । बागलुङ नगरपालिका– १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

एम्बुलेन्स सेवाबाट बलेवा क्षेत्रका अन्य वडाका बासिन्दा पनि लाभान्वित हुनेछन् । रु ३० लाख मूल्यको उक्त एम्बुलेन्स स्वास्थ्य मन्त्रालयले निःशुल्क उपलब्ध गराएको स्वास्थ्य चौकी प्रमुख सुशील पौडेलले बताउनुभयो ।

 

एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि तयार पारिने स्वास्थ्य चौकीका संरक्षक एवं वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो । “बलेवा क्षेत्रका तीन वार्डसँगै छिमेकका बासिन्दाले समेत सेवा पाउनेछन्” अध्यक्ष पौडेलले भन्नुभयो’ “व्यवस्थित रुपले एम्बुलेन्स सञ्चालन गर्छौं ।”

जिल्लामा स्वास्थ्य चौकीले एम्बुलेन्स चलाएको सम्भवतः यो नै पहिलो हो । धौलागिरि अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य तथा सामाजिक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । कतिपय एम्बुलेन्स सेवा भने व्यवस्थापनको कमजोरीले बन्द अवस्थामा छन् ।

 

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...