लोकेन्द्र बहादुर चन्द लाई किन होच्याए राणाले,हल किन एकाएक हाँसोले गुञ्जियो



सोमबार मात्रै नयाँ पार्टी गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपति समशेर राणाले गरेको पत्रकार सम्मेलनमा केही बेर हल गुञ्जायमान भएको थियो । त्यो गुञ्जायमान अरु केही नभएर अध्यक्ष राणाको जवाफले भएको थियो ।

त्यसरी हल नै गुञ्जायमान हुने के बोले त ? हलले सबै थाहा पाएनन् । किनभने कार्यकर्ता जति गफमै मस्थ थिए । प्रश्न उत्तर भइरहेका बेला एक सञ्चारकर्मीले तपाईको पार्टीका शीर्ष नेता लोकेन्द्रबहादुर चन्द खोई त ? भनेर प्रश्न गर्न भ्याएका थिए ।

ती सञ्चारकर्मीलाई जिल्याउँदै राणाले रुखो जवाफ दिए । उनले भने, ‘लोकेन्द्रबहादुर चन्द कहाँ हुन्छन् र ? लोकन्थलीमा छन् नि ।’ राणाको यस्तो जवाफ आएपछि सबै मुखामुख गर्दै हाँसोमा उडाएका थिए । सो पत्रकार सम्मेलनमा चन्द नआएपछि उनले यस्तो रुखो जवाफ दिएको सहभागीहरुले बताएका छन् ।

सो पत्रकार सम्मलेनमा सहभागीको ध्यान नवगठित पार्टीका सबै केन्द्रिय नेताहरु आउँछन् कि आउँदैनन् ? को को आए र आएनन् भन्ने तर्फ नै थियो । त्यसमा पनि शीर्ष नेताहरु तर्फ सबैको ध्यान गएको थियो ।

सो पत्रकार सम्मेलनमा लोकन्द्रबहादुर चन्द अनुपस्थित थिए भने उनका छोरा जयन्त चन्द भने उपस्थित थिए । ३ बजेका लागि बोलाइएको पत्रकार सम्मेलन झण्डै पौने ४ बजे मात्र सुरु भएको थियो ।

सांसद समेत रहेका सुनीलबहादुर थापाले सञ्चालन गरेको पत्रकार सम्मेलनमा दिपक बोहोरा, विक्रम पाण्डेसहितका नेता उपस्थित थिए ।

सो पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राप्रपा अध्यक्ष कमल थापाको स्वेच्छाचारी व्यवहारले गर्दा पार्टी कमजोर भएको आरोप लगाएका थिए । उनले स्थानीय तहको निर्वाचनमा पार्टी कमजोर हुनुमा अध्यक्ष थापा प्रमुख जिम्मेवार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय