डेढ दर्जन जलविद्युत् कम्पनी थपिँदै



काठमाडौँ । सेयर बजारमा चालु आर्थिक वर्षमा करिब डेढ दर्जन जलविद्युत् कम्पनी थपिने भएको छ । सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेका र निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूको संख्या कम्तीमा डेढ दर्जन जलविद्युत् कम्पनी बजारमा थपिन लागेका हुन् । सेयर निष्कासन भएर पनि सूचीकृत भइनसकेका ५ र निष्कासन प्रक्रियामा रहेका १३ सहित १८ कम्पनी यो वर्ष बजारमा लगभन निश्चित जस्तै छ ।

 

यदि यी कम्पनीहरू थपिएमा यो वर्षको अन्त्यसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत जलविद्युत् कम्पनी संख्या ३० भन्दा बढी पुग्नेछ । हाल नेप्सेमा जलविद्युत् समूहका १५ वटा कम्पनी सूचीकृत रहेका छन् । गत साताको कुल कारोबारमा जलविद्युत् समूहको कारोबार हिस्सा साढे ३ प्रतिशत मात्र छ । हाल सूचीकृतभन्दा बढी कम्पनी थपिने भएपछि यो समूहको कारोबार हिस्सा पनि दोब्बरले बढ्ने अनुमान गरिएको छ ।

हाल विभिन्न क्षेत्रका १७ कम्पनीको प्राथमिक तथा थप निष्कासन ९आईपीओरएफपीओ० बजारमा आउँदै छ । तीमध्ये १३ वटा जलविद्युत् कम्पनी छन् । यसअघि सेयर निष्कासन गरेर पनि सूचीकृत नभएका र सेयर निष्कासन प्रक्रियामा रहेका कम्पनी गरी करिब डेढ दर्जन कम्पनी छिट्टै बजारमा आउने देखिएको हो । प्रक्रियामा रहेका कम्पनीहरूमध्ये अधिकांशले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न लागेका छन् । जलविद्युत् कम्पनीहरूले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

आवेदन दिएका कम्पनीहरूले बोर्डबाट अनुमति पाएपछि मात्र सेयर निष्कासन गर्न पाउँछन् । हाल सेयर निष्कासनका लागि आवेदन दिएका डेढ दर्जनभन्दा बढी कम्पनीमध्ये १३ वटा जलविद्युत्, २ फाइनान्स कम्पनी र एक–एक वटा बिमा र वाणिज्य बैंक छन् । ती कम्पनीहरूले ३ अर्ब ३३ करोड ३४ लाख २९ हजार रुपैयाँ बराबरको ५ करोड ४ लाख ६५ हजार कित्ता सेयर बजारमा ल्याउन लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका