डेढ दर्जन जलविद्युत् कम्पनी थपिँदै



हाम्रो इकोनोमि

काठमाडौँ । सेयर बजारमा चालु आर्थिक वर्षमा करिब डेढ दर्जन जलविद्युत् कम्पनी थपिने भएको छ । सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेका र निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूको संख्या कम्तीमा डेढ दर्जन जलविद्युत् कम्पनी बजारमा थपिन लागेका हुन् । सेयर निष्कासन भएर पनि सूचीकृत भइनसकेका ५ र निष्कासन प्रक्रियामा रहेका १३ सहित १८ कम्पनी यो वर्ष बजारमा लगभन निश्चित जस्तै छ ।

 

यदि यी कम्पनीहरू थपिएमा यो वर्षको अन्त्यसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत जलविद्युत् कम्पनी संख्या ३० भन्दा बढी पुग्नेछ । हाल नेप्सेमा जलविद्युत् समूहका १५ वटा कम्पनी सूचीकृत रहेका छन् । गत साताको कुल कारोबारमा जलविद्युत् समूहको कारोबार हिस्सा साढे ३ प्रतिशत मात्र छ । हाल सूचीकृतभन्दा बढी कम्पनी थपिने भएपछि यो समूहको कारोबार हिस्सा पनि दोब्बरले बढ्ने अनुमान गरिएको छ ।

हाल विभिन्न क्षेत्रका १७ कम्पनीको प्राथमिक तथा थप निष्कासन ९आईपीओरएफपीओ० बजारमा आउँदै छ । तीमध्ये १३ वटा जलविद्युत् कम्पनी छन् । यसअघि सेयर निष्कासन गरेर पनि सूचीकृत नभएका र सेयर निष्कासन प्रक्रियामा रहेका कम्पनी गरी करिब डेढ दर्जन कम्पनी छिट्टै बजारमा आउने देखिएको हो । प्रक्रियामा रहेका कम्पनीहरूमध्ये अधिकांशले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न लागेका छन् । जलविद्युत् कम्पनीहरूले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

आवेदन दिएका कम्पनीहरूले बोर्डबाट अनुमति पाएपछि मात्र सेयर निष्कासन गर्न पाउँछन् । हाल सेयर निष्कासनका लागि आवेदन दिएका डेढ दर्जनभन्दा बढी कम्पनीमध्ये १३ वटा जलविद्युत्, २ फाइनान्स कम्पनी र एक–एक वटा बिमा र वाणिज्य बैंक छन् । ती कम्पनीहरूले ३ अर्ब ३३ करोड ३४ लाख २९ हजार रुपैयाँ बराबरको ५ करोड ४ लाख ६५ हजार कित्ता सेयर बजारमा ल्याउन लागेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...