अफगानिस्तानमा ६० भन्दा बढी तालिवान हताहत



हाम्रो इकोनोमि

अफगानिस्तान । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा आतंककारी आक्रमणमा परी कम्तीमा ५० तालिवानको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।

सैयाद जिल्लाको मिल्जा आलाङ गाउँमा तालिवान र इस्लामिक आतंककारी समूहले गत बिहीबार संयुक्तरुपमा आक्रमण गरेका र शनिबार सो इलाका कब्जामा लिएका थिए ।

सोही इलामामा भएको आक्रमणमा परी ५० भन्दा बढी तालिवानको मृत्यु भएको छ । यस आक्रमणमा मारिएका प्राय सिया मुसलमान समुदायका व्यक्तिहरू रहेका बताइएको छ ।

तालिवान आतंककारी समूह र आइएस समूहले पूर्व उत्तर र दक्षिणी अफगानिस्तानको अशान्त क्षेत्रमा बारम्बार आक्रमण गर्दै आएका छन् । अफगान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाले कडा शब्दका यस आक्रमणको निन्दा गरेका छन् ।

यसैगरी प्राप्त अर्को एक समाचारअनुसार उत्तरी अफगानिस्तानको फयाव प्रान्तका तालिवान आतङ्काकारीविरुद्धको कारबाहीमा थप १० जना मारिएका छन् । सो क्षेत्रमा लुकेर बसेको इलाकामा लक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा १० आतंककारी मारिएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ ।

घोर्मात र खाव्जा सबज्पोस जिल्लामा शनिबार राति तालिवान आतंककारी लुकेर बसेको इलाका लक्षित आक्रमणमा ती आतंककारी मारिएका प्रहरी प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । प्रहरीका अनुसार यस हवाई आक्रमणमा सर्वसाधारण नागरिक भने कुनै हताहत नभएको समाचारमा जानकारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...