शेयर बजार आज ९४ करोडको कारोबार



हाम्रो इकोनोमि

काठमाडौँ । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २।८९ अंकले बढेर एक हजार ६६७।९४ अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ । स्टकका अनुसार बैंकिङ ०।५२, जलविद्युत् १०।५३ र उत्पादन समूह ३।४४ बिन्दुले घटेको छ भने होटल १९।६५, विकास बैंक ४।११, फाइनान्स १३।९, बीमा ३।३९ र अन्य समूह १३।८८ अंकले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...