देशभर स्वाइन फ्लू आतंक,काठमाडौँमा मात्र ४ को ज्यान गयो,यसरी बच्न सकिन्छ



हाम्रो इकोनोमि

स्वाइन फ्लूका कारण काठमाडौँमा थप एक जनाको मृत्यु भएको छ। धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत कास्कीकी एक महिलाको मृत्यु भएको हो। पोखरा की ३६ वर्षीया महिलाको स्वाइन फ्लुले मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

एक साताअघि काठमाडौँमै स्वाइन फ्लुका कारण शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ।

विगत सात महिना यता ८२ जनालाई स्वाइन फ्लुको पुष्टि भएको र त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जनाएका स्वास्थ खबरले उल्लेख गरेको छ। झापामा पनि दुइ जनाले ज्यान गुमाएका छन। यसको प्रकोप देश ब्यापी छ।

के हो स्वाइन फ्लु?

अहिलेको मौसम नै मानिसहरुलाई रुघाखोकी लाग्ने र सामान्य बिरामी हुने खालको छ । मौसम परिवर्तनको यो समयमा अधिकांस मानिसहरुमा सिजनल फ्लु अर्थात मौसमी रुघाखोकी लाग्ने गर्दछ । स्वाइन फ्लु पनि त्यस्तै रुघाखोकीको एक प्रकार मात्र हो । यो मौसममा अन्य रुघाखोकीका बिरामी हरेक दिन भेटिएकोजस्तै स्वाइन फ्लुका नयाँ बिरामी पनि हरेक दिन भेटिन सक्छन् । त्यसकारण स्वाइन फ्लु भयो भनेर आत्तिहाल्नु भने पर्दैन । तर, यस्को मतलब रोग नै लागेको छैन भनेर हेलचक्राई पनि गर्नुहुँदैन ।

सामान्य रुघाखोकी लाग्दा त मानिसहरु दुई तीन दिन ज्वरो आएर बिरामी पर्न सक्छन् । यस्मा पनि त्यस्तै हुन्छ । स्वाइन फ्लुमा सामान्य रुघाखोकी, घाँटी दुख्ने र उच्च ज्वरो आउँने हुन्छ । त्यसकारण यो रोगबाट जोगिन मानिसहरुले आफुलाई सफासुग्घर राख्ने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरुबाट टाढा रहने गर्नुपर्छ । स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भिडभाडमा जानु हुँदैन।

लक्षण

उच्च ज्वरो आउने,
खोकी लाग्ने,
घाँटी दुख्ने,
वाकवाकी लाग्ने,
वान्ता हुने,
पखला लाग्ने।

बच्ने उपाय

खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने,
खाना खानुअघि साबुनपानीले हात धुने,
संक्रमित व्यक्तिबाट टाढा रहने,
यात्रा गर्दा कसैलाई माथिका लक्षण देखिएका छन् भने सो व्यक्तिबाट टाढा रहनेझोल पदार्थ बढी सेवन गर्ने,
तातो पानीको बाफ लिने,
नुन पानीले कुल्ला गर्ने,
मास्क प्रयोग गर्नै,
खकार तथा सिंगान जहाँ पायो त्यहि नफाल्ने।

प्रतिक्रिया दिनुहोस
मेयर बालेन्द्र शाहलाई पितृशोक

  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।...

मोरङमा दुई बालिकाको हत्या

गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको...

देशभर सबै अस्पतालका नर्सहरू आन्दोलनमा

    न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित...

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना...