स्क्रब टाइफसबाट एकको मृत्य



चितवन । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्लो आवमा १०९ जनामा रोग देखिएकामा चारजनाको मृत्यु भएको थियो ।

यो आव लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो । उहाँले जिल्लामा साउन महिनाको अहिलेसम्म २६४ जना बिरामीको परीक्षण भएकामा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिनुभयो ।

सत्ताइसभन्दा बढी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढीमा सो रोग देखिएको छ ।

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ । ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता भएको शर्माले बताउनुभयो ।
माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ । यो रोग मुसाको कानमा बस्ने गर्छ ।

नेपालमा २०७२ सालमा पहिलोपटक सो रोग देखा परेको थियो । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ ।

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिनुभयो । चितवनमा उक्त रोगको परीक्षणका लागि किटको समेत अभाव छ ।

जिल्लामा स्वाइनफ्लुका १०० बिरामी

चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच१ एन१ का एक सयजना बिरामी भेटिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १३७ बिरामीको परीक्षणमा यसरी एनएच१ एन१ फेला परेको जानकारी दिनुभयो ।
भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताउनुभयो ।
उहाँले बढी गर्मी र पानी पर्ने मिक्स समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिनुभयो ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, जीउ दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्ष्यण हुन्छ । अन्य रोगको संक्रमण भएकालाई अझ बढी असर गर्ने चिकित्सकको भनानइ छ ।

प्रतिक्रिया दिनुहोस
विभिन्न मागसहित डाक्टरपनि प्रदर्शनमा उत्रिए

    आफूहरूमाथि श्रम शोषण भएको भन्दै डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् । माइतीघरमा

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

अमेरिकाले फर्काइदिएका नेपालीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा

  अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन

आज भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस

  शभर तापक्रम बढ्न थालेको छ । आज देशभरका नौ स्थानको अधिकतम तापक्रम