सामान्य प्रशासनमन्त्रीले कर्मचारीको खटनपटन गराउने,नमान्नेलाइ डण्डा हान्ने



सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले स्थानीय तहमा तत्काल कर्मचारीको खटनपटन गराईने बताएका छन् । उनले भने,‘हामी कर्मचारीहरुको मर्यादालाई पनि ख्याल गर्छौ, उनीहरुको केही गुनासाहरु छन्, त्यसलाईपनि सम्बोधन गरेर एकैसाथ देशभरि कर्मचारी सरुवा गर्छौं।’
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले तत्काल स्थानीय तहमा कर्मचारी खटाउनको लागि सरकारले गृहकार्य प्रारम्भ गरिसकेको बताएका हुन् ।
साक्षात्कारमा बोल्दै उनले भने,‘नवनिर्वाचित जनप्रतिनिधिहरुमाथि प्रश्न चिन्ह खडा भैसकेको छ, ६ वटा प्रदेशमा निर्वाचन भैसकेर स्थानीय सरकार बनिसक्यो, तर हामीले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउन सकेका छैंनौं, हामी छिट्टै सबै ठाउँमा कर्मचारी खटाउँछौं, प्रदेश नम्बर २ को निर्वाचन सम्पन्न गर्नको लागि पनि कर्मचारी खटाईने तयारी भैसकेको छ, अब जनताको सेवा गर्दा बरिष्ठ र कनिष्ठको कुरा गर्नुहुँदैन्, कर्मचारी जसरीपनि समयमै पुग्छन्।’

उनले भने,‘कर्मचारी समायोजन विद्येयकको टुङ्गो नलागेसम्म काजमा लिएर भएपनि जनतालाई सेवा प्रदान गर्नको लागि सरकार तत्पर छ, एक हप्ताभित्र स्थानीय तहमा कर्मचारी जान्छन्, यदि खटाईएको स्थानमा कर्मचारी गएनन् भने कारवाही हुन्छ, कर्मचारीको मर्यादालाई हामीले मिच्न खोजेका छैनौ, जनताको सेवासँग आफ्नो मर्यादालाई तुलना गर्न मिल्दैन।’
मन्त्री बस्नेतले भने,‘स्थानीय तहमा कर्मचारी खटाउँदा राज्यले सक्नेजति सुविधा उपलब्ध गराउन सरकार तयार छ, हामी सम्पूर्ण कर्मचारीको भावनाको सम्मान गर्छौं।’
कर्मचारी व्यबस्थापनको लागि सरकार तयार रहेको बताउँदै उनले राजनीतिक सम्झौताको आधारमा कर्मचारी समायोजन गर्ने बताए । उनले भने,‘अन्तरिम व्यबस्थाका आधारमा समायोजन गर्ने, सैदान्तिक व्यबस्थापन गर्ने लगायतका कोर्णबाट कर्मचारीलाई स्थानीय तहमा पठाउँदैछौँ।’

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय