साडी घुस खाने कर्मचारी संग मिलेर मेयर बिद्यासुन्दरले किन किन्दैछन करोडौ दामको गाडी?
चुनाब अगाडी नाना भातीका कुरा गरेर सक्ने नसक्ने सबै गर्छु भनेर मतदाताको मन माझेका अझ कसमनै खाएका काठमाडौँका मेयरले बिलासिता रोजेर जग हसाइ गरेका छन। स्थानीय तहको निर्वाचनअघि स्मार्ट सिटी बनाउन कसिएका काठमाडौंका मेयर विलासी जीवन बिताउन अनेक जात्रा देखाउन थालेका छन । पदभार ग्रहणलगत्तै जनप्रतिनिधिहरुलाई महंगो स्मार्ट मोबाइल किन्ने निर्णय गरेर विवादमा तानिएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य फेरि अर्काे लफडामा मुछिएका छन् । र,उनी आफै आलोचनाको खाल्डोमा जकिएका छन ।
अहिलेको महानगरको महंगो गाडीमा यताउती हिँडडुुल गर्दै आएका मेयर शाक्यले अर्को गाडी चाहिएको बताएसँगै महानगरले केही दिनभित्र करोडौंको गाडी उनका लागि खरिद गर्ने भएको छ । भर्खंरै एक करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी काठमाडौंमा आइपुगेको छ । मेयर शाक्यलाई त्यहीँ गाडी किन्ने निर्णय भएको महानगर स्रोतले बतायो । त्यहि गाडी किन्नु पर्छ भनेर उकास्ने महानगरका घुस्याहा र महानगरको धमिराका रुपमा चिनिएका ज्ञानेन्द्र कार्की र हरि कुँवर हुन्। यी दुवै लाइ मेयरले ज्वाई लाइ झैँ सम्मान दिएका छन।
‘अहिले त्यो गाडी सोरुममा त्रिपालले ढाकेर राखिएको छ । गाडीको नम्बर प्लेट लिइएको छैन । अब,त्यो नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्नुहुन्छ होला ।’ स्रोतले भन्यो । शाक्यले अहिले चढ्दै आएको गाडी विगत ४ वर्ष अघि किनिएको हो । १९ बर्षपछिको स्थानीय तहको निर्वाचनअघि त्यो गाडी महानगरका कार्यकारी अधिकृतले चढ्दै आएका थिए । एक करोड २० लाख को गाडी खरिद गर्दै मनग्ये चलखेल हुने देखे पछी मेयरकै सल्लाहमा उक्त काम हुन लागेको श्रोतको भनाइ छ। खाल्डा पुर्न पैसा छैन भनेका मेयरले करोडौको विलासी गाडीमा सयर गर्ने इच्छा गरेका हुन्। महानगरलाइ तिर्नु पर्ने राजस्व मिनाहा गराएर घुस्याहा कार्की र कुँवरले न्युरोडको साडी पसल बाट घुस बापत श्रीमतीलाइ साडी लागेको भन्दै अख्तियारमा उजुरी परेको छ।