तीन मन्त्रालय लिएर राणाको पार्टी देउवा सरकारमा जाने,२२ सांसद सहित ७२ केन्द्रिय सदस्यले यसरी दिए साथ



सरकारमा सहभागी हुने विषयमा विवाद हुँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति समशेरले फुटाएका छन। राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक नाममा दल दर्ता गराएका छन् । २२ जना सासंद लिएर नयाँ पार्टी दर्ता गराएका राणाले देउवा सरकारमा सामेल हुने निर्णय समेत गरेको बुझिएको छ।
राणाले आज ४० प्रतिशत केन्द्रिय सदस्यसहित अलग्गै पार्टी दर्ता गराएका हुन् । राणाले निर्वाचन आयोगमा गएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको नाममा नयाँ दल दर्ता गराएका हुन् । कमल थापा पक्षका १० जना सासंद राणाको पक्षमा गएका छन् ।७२ केन्द्रीय सदस्य सम्मिलित छन् । पशुपतिशमशेरसँग पहिले भएका १२ जनासहित जम्मा २२ जना सासंदको साथ प्राप्त गरेपपिछ यसअघि ठूलो भनिएका कमल थापाभन्दा राणाको दल ठूलो भएको छ । राणालाई साथ दिने सांसदमा दिपक बोहरा,बिक्रम पाण्डे,सुनिल थापा,रमेश लामा,रेशम लामा,जयन्त चन्द,बिराज बिस्ट,रामकुमार सुब्बा,लगायतका २२ सांसद छन। राणाका लागी देउवाले शान्ती मन्त्रालय,उधोग मन्त्रालय,बिज्ञान प्रबिधी मन्त्रालय दिने भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु