‘तपार्इलाई के लाग्छ ? रेणु दाहाल म भन्दा दशौँ हजरौँ मतले जितेकी हुन र ! त्यसमाथि राज्य, अदालत, निर्वाचन आयोग लागिपरेको छ’ भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले आइतबार आफ्नो प्रतिक्रिया यसरी दिएका छन् । माओवादी केन्द्रकी उम्मेदवार दाहाललाई जिताउन राज्य नै लागेको उनले आरोप लगाएका छन। उनले मतदान हुनु अघिल्लो दिन नै प्रचण्डको आदेशमा करोडौ बाडेको आरोप लगाएका थिए। मध्ये राती एक बजे प्रहरीकै सुरक्षामा पैसा वितरण गरेको उनको आरोप थियो।
प्रतिक्रिया दिने क्रममा उनले भने ‘म दशौँ हजार मतले हारेको होइन । मलाई कुनै दुखेसो छैन । रेणुलाई मेयरको कुर्सिमा बसाउन राज्यका सबै तह नै लागेपछि कसैको सिप चलेन । अनेक षड्यन्त्र रचेर उनलाई जिताइएको छ । अब बाँकी दिनहरु हेर्नु नै छ ।’ उनले भने,‘ मतकै लागि राज्यले यति विध्न षड्यन्त्र रच्यो ।’ सिंगो राज्य नै लागे पछी इन्द्रका बाबु चन्द्रको पनि तागतले नभ्याउने धन्धा चलाए पछिको नतिजा हो भन्दै उनले आक्रोश समेत पोखेका छन।
भोट किन्ने लगायतका हतकण्डा गरेर मात्र चुुनाव जितेकी होइनन विदेशीहरु पनि संलग्न भएको आरोप लगाएका उनले अब, चुनावमा हारे पनि आफू भरतपुर र चितवनकै जनताको निमित्त काम गर्ने उनले बताए । रेणुसँग झिनो मतले पछि पर्दैमा मैले राजनीति छाँड्दिन ‘म राजनीतिमै हुन्छु । जिन्दगी भर मैले चितवन र यहाँको जनताको हितकै लागि काम गर्छु ।’मेरा लागी जनता भगवान सरह हुन्।